SSI SSI
SSI SSI

अर्घाखाँची समाजको अध्यक्षमा मधुसुदन खड्का सिड्नी

 

सिड्नी । अर्घाखाँची समाज अष्ट्रेलियाको यहि फेब्रुअरी २४ तारिख शनिबार सम्पन्न चौथो बार्षिक साधारणसभाले  मधुसुदन खड्काको अध्यक्षतामा नयाँ कार्यसमितिको  चयन गरेको छ । साधारण सभाले सस्थाको उपाध्यक्षमा  पशुपति पोखरेल, महासचिवमा गोबिन्द पराजुली, सचिवमा  हरि बन्जाडे , कोषाध्यक्षमा महादेव जि सीलाई चयन गरेको छ । त्यसैगरी सदस्यहरुमा सुदर्शन भुसाल, बाबुराम पोखरेल, कृष्ण पोखरेल, प्रशान्त कुँवर, सरद भुसाल, कुशल शाही, इश्वर खनाल र  दिपक भुसाललाई चयन गरिएको सो सस्थाले जनाएको छ ।  


सिड्नीको रक्डेल स्थित थर्डआई नेप्लिज रेस्टुरेण्टमा सम्पन्न सो कार्यक्रममा रुपन्देही सामाजिक संजालका अध्यक्ष दिवाकर काफ्ले ,आयोजक सस्थाका निबर्तमान अध्यक्ष मिन भुसाल लगायतका बक्ताहरुले नयाँ कार्यसमितिलाई शुभकामना तथा बधाई दिदै सामाजिक र कल्याणकारी कार्यमा सस्था क्रियाशील हुनुपर्नेमा जोड दिए । 


 बिशुद्ध सामाजिक सहिष्णुता, सकारात्मक सोचाई, पारस्परिक एकता, आपसी सद्भाव, समझदारी र सौहार्दपूर्ण वातावरणमा समाजको दिर्घकालिन योजना र विकासलाई प्राथमिकतामा राखि अर्घाखाँचीबाट अष्ट्रेअलियामा बसोवास गर्ने सम्पुर्ण व्यक्तित्त्वहरुले अभिभावकीय  भुमिकाको महसुस गराउनु सस्थाको उद्देस्य रहेको बताइएको छ । 


सस्थाका अनुसार रिक्त केहि पदहरू समितिको पहिलो बैठकको निर्णयबाट चयन गरिने छ।  
 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १४:२८
प्रतिक्रिया दिनुहोस्