SSI SSI
SSI SSI

अष्ट्रेलिया आएका पहिलो पुस्ताका दुई नेपाली " गोल्डेन जुब्ली अवार्ड " बाट सम्मानित 


 सिड्नी । कंगारुको देश भनेर चिनिने अष्ट्रेलियामा नेपालीको आगमन भएको ५० बर्ष पुगेको अवसरमा पचास वर्ष अगाडी अष्ट्रेलिया आएका ईन्द्रा बन र नारायण प्रधानलाई सिड्नीमा सम्मान गरिएको छ । सिड्नीको मोर्डेल स्थित गोर्खे प्यालेसमा यहि फ्रेबुवरी २४ तारिख शनिवार आयोजित कार्यक्रममा उहाहरुलाई अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल , एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल ,लेवर पार्टीका नेता मार्क बुट्टिगिग ,एनएसडब्लु राज्यका बिपक्षी दलका नेता मार्क स्पिक्म्यनले ,संयुक्त रुपले सम्मान गरका थिए । 


सम्मानित व्यक्तित्वद्वय इन्द्र बन सन् १९७५ र नारायण प्रधान सन् १९७४ मा अष्ट्रेलिया आएका हुन् । संयोग दुबैजनाले एक वर्षको अन्तरालमा अप्रिल महिनामा अष्ट्रेलियामा पाईला राखेका हुन् ।  
अवार्ड प्रदान कार्यक्रममा बोल्दै राजदूत कैलाशराज पोखरेलले अष्ट्रेलियाको नेपाली समाजको ईतिहास बनेका व्यक्तित्व हरुलाई सम्मान गर्न पाउनु आफैमा गौरवको क्षण भएको बताउदै हामि जहा जसरि रहे पनि नेपाली भाषा ,धर्म ,सस्कृती र मौलिकतालाई बिर्सन नहुनेमा जोड दिए । एनआरएनए ओसियाना क्षेत्रिय संयोजक दिनेश पोखरेलले अग्रजहरुले सिकेको ज्ञान सीप र दक्षतालाई कल्याणकारी र सामाजिक कार्यमा उपयोग गर्न सकिने बताए ।

 एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले समुदायमा सामाजिक एकता र भाईचारा कायम गरी समुदायका दुख सुखको साथि बनेर आफ्नो लक्ष र उद्देस्य प्राप्तिका लागि एनआरएनए अष्ट्रेलिया क्रियासिल रहेको उल्लेख गरे । सम्मानित व्यक्तित्वद्वय ईन्द्र बन र नारायण प्रधानले आफुहरुलाई सम्मान गरेर यहाको नेपाली समुदायप्रतिको आफुहरुको दायित्व अझ बढेको महसुस भएको बताउदै सम्मानका लागि आभार व्यक्त गरे ।


 कार्यक्रममा लेवर पार्टीका नेता मार्क बुट्टिगिग ,एनएसडब्लु राज्यका बिपक्षी दलका नेता मार्क स्पिक्म्यन,नेता मार्क कुरे,आयोजक सस्था लुक्ला टि भीका प्रमुख सम्पादक राजु मानन्धर ,पत्रकार गणेश भट्टले पनि आ आफ्नो मन्तब्य व्यक्त गरेका थिए । 

प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १३:०६
प्रतिक्रिया दिनुहोस्