SSI SSI
SSI SSI

बिन्दु पौडेलको " धर्तीमाथि जून " म्युजिक भिडियो सार्बजनिक 

 
सिड्नी । लामो समयदेखी अष्ट्रेलियालाई आफ्नो कर्मथलो बनाउदै आएकी लोकप्रिय गायिका बिन्दु पौडेल र गायक हेमन्त शर्माले ‘धर्तीमाथि जून’ गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । पछिल्लो समय नेपाली  स्रोताको रुचाईमा परेको यो रोमाञ्चक म्युजिक भिडियोमा  बिन्दु पौडेल र हेमन्त शर्माले  सुमधुर स्वर दिएका छन् भने शब्द र संगीत दिपक शर्माको रहेको छ ।


 गीतमा संगीत संयोजन नरेन्द्र वियोगीले गरेका छन् भने अनुप बिक्रम शाही र कबिता नेपालीले अभिनय गरेका छन् । 
गीतको आवाज, शब्द,सङ्गीत,एरेन्ज,कथावस्तु र अभिनय उत्कृष्ट रहेको यो म्युजिक भिडियोको  निर्देशन मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको भिडियो सम्पादन अमृत चापागाईंले गरेका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ श्यामस्वेत रसाईलीले गरेका हुन्  ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  ०९:०९
प्रतिक्रिया दिनुहोस्