SSI SSI
SSI SSI

ओएनएफ भिक्टोरियाको अध्यक्षमा गणेश गौतम सर्वसम्मत  · 


सिड्नी ।  प्रवासी नेपाली मंच (Overseas Nepali Forum)  अष्ट्रेलिया, भिक्टोरिया राज्य कमिटीको यहि फेब्रुअरी १७ तारिख शनिवार मेलवर्नमा सम्पन्न सातौ अधिबेशनले गणेश गौतमको अध्यक्षतामा २१ सदस्य रहेको नयाँ  कमिटीको सर्वसम्मतले  चयन गरेको छ । मेलबर्नको  ग्लेनरोयमा सम्पन्न सो अधिबेशनमा एनएसडब्लू लगायतका राज्यबाट सो सस्थाका शुभचिन्तक एबम सुभेच्छुकहरुले सहभागिता जनाएका थिए । 


अधिबेशनले सस्थाको उपाध्यक्षमा क्षितिजचन्द्र राई, सचिवमा प्रताप लामा, उपसचिवद्वयमा राजकुमार कट्टेल र सुस्मिता थापा, आर्थिक बिभाग प्रमुखमा  प्रतिमा भण्डारीलाई चयन गर्यो ।  त्यसैगरी कार्यसमितिको सदस्यहरुमा लेखु अधिकारी ,अनुप भण्डारी, सङ्गम देबकोटा, सौगात डि सि,  सनराइज ज्ञावाली , सन्जिब थापा मगर, किशोर पाठक , सन्जय दाहाल  बिचित्र सुवेदी रहेको सो सस्थाले जनाएको छ । 
नयाँ कार्यसमितिमा थप ५ जना सदस्य पछि थपिने गरि सम्पन्न सो अधिवेशनले भिक्टोरियाको नेपाली समाजमा उल्लेखनिय योगदान पुर्याएका व्यक्तित्वहरु मध्येबाट ११ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । 
अधिवेशनको उद्घाटन मन्तब्य दिदै प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष तथा एनआरएनए अन्तर्राष्ट्रिय सम्वन्य परिषद्का सल्लाहकार रमेश पाण्डेले सस्थाले लिएको निती तथा कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन सबै तह र तप्काबाट कार्यसमितिलाई साथ  सहयोग गर्नुपर्ने खाचो औल्याए ।  उनले सस्थालाई प्रवासी नेपालि हरुको ढुकढुकीको साथी बनाउदै सामाजिक र कल्याणकारी कार्यमा सस्थालाई केन्द्रित पार्नुपर्नेमा जोड दिए ।

ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशब जोशीले सस्थालाई बैचारिक र सांगठानिक रुपले सबल र सक्षम बनाउन सबैको साथ र सहयोग हुनु[पर्ने बताए । 
कार्यक्रममा ओएनएफ अन्तर्राष्ट्रिय कमिटी सदस्य विजय फुँयाल,जनसम्पर्क समिति अष्ट्रेलिया मेलबर्नका अध्यक्ष विनितराज शर्मा, एनआरएन आईसीसीका पूर्वउपाध्यक्ष दुर्गा आचार्य, लेबर पार्टीका नेता डा. महेश भण्डारी, एएनपीएलका अध्यक्ष निराजन गौली, एनआरएन भिक्टोरियाका डेप्युटी कोअर्डिनेटर महादेव धानुक, प्रवासी नेपाली मञ्च अष्ट्रेलियाका संस्थापकहरु लक्ष्मी अधिकारी, महेन्द्र कार्की, चितवन समाज भिक्टोरियाका अध्यक्ष विपुल ज्ञवाली, सुदूर पश्चिम समाज भिक्टोरियाका अध्यक्ष नरेश रावल लगायतका बक्ताहरुले  शुभकामना मन्तब्य  राखेका थिए । 


 

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्