SSI SSI
SSI SSI

झापाली समाज अष्ट्रेलियाको अध्यक्षमा अशोक उप्रेती चयन 

 

सिड्नी । झापाली समाज अष्ट्रेलियाको यहि फ्रेबुवारी १७ तारिख शनिवार सम्पन्न छैठौ अधिवेशनले अशोक उप्रेतीलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । सिड्नीमा हिजो ( फ्रेबुवारी १७ तारिख शनिवार ) आयोजित कार्यक्रममा उप्रेतीको नेतृत्वमा गठित नयाँ कार्यसमितिको घोषणा गरिएको थियो ।

सस्थाका अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षमा ज्वलन्त खतिवडा, महासचिबमा ज्योती सिटौला, सचिबमा प्रकाश पौडेल र कोषाध्यक्षमा दिपेन्द्र ओडारीलाई चयन गरिएको छ ।  त्यसैगरी कार्यसमितिको सदस्यहरुमा नारायण गौतम(नविन),अमित श्रेष्ठ, दिवसजंग रायमाझी, दिपेश मिश्र ,पोणिन्द्र निरौला, कौशलराज सिटौला  , सृजना पाण्डे प्रसाईं, कृष्ण विमली किरण र दिपेन्द्र बुढाथोकी दिपेश मिश्र चयन भएका छन् ।


कार्यक्रममा  एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले सामाजिक एबं कल्याणकारी कार्यमा उल्लेखनिय कार्य गर्दै आएको झापाली समाज अष्ट्रेलियाले आगामी दिनमा पनि यहाको नेपाली समाज प्रतिको दायीत्व लाई पुरा गर्ने बिस्वास व्यक्त गरे । उनले  अष्ट्रेलियाको नेपाली समाजको हितका लागी गरिने हरेक गतिविधिमा एनआरएनए अष्ट्रेलियाको साथ र सहयोग रहने प्रस्ट पारे । 


एन आर एनओसेनिया क्षेत्रका संयोजक एबं झापाली समाजका संरक्षक दिनेश पोखरेलले समाजले सामाजिक कार्यमा पुर्याउदै आएको कार्यलाई अझ प्रभावकारी र बिस्तार गर्न कार्यसमिति सक्रिय हुनुपर्नेमा जोड दिए । 
झापाली समाज अष्ट्रेलियाका संस्थापक भवानी ओलीले समाजले अगाडी बढाउने हरेक सामाजिक र कल्याणकारी कार्यलाई सफल र प्रभावकारी बनाउन सबैले आ आफ्नो तहबाट साथ्र सहयोग गर्नु पर्ने बताउदै सस्थाका हरेक गतिविधिमा आफ्नो सदैव साथ र सहयोग रहने प्रस्ट पारे । 


सो कार्यक्रममा एनआरएनए आईसीसी सचिब ज्ञानेन्द्र रेग्मी, सल्लाहकार दिनेशराज जोशी, एनआरएन अष्ट्रेलियका पूर्वअध्यक्ष नन्द  गुरुङ,रुपन्देही सामाजिक संजालका अध्यक्ष दिवाकर काफ्ले, झापाली समाज अन्तराष्ट्रिय समितिका  उपाध्यक्ष भूपाल सिटौला , प्रवासी नेपाली मन्च एनएसडव्ल्यूका  संयोजक कृष्ण सापकोटा लगायतका बक्ताहरुले नयाँ कार्यसमिति लाई बधाई र  सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 


साधारण सभाले समाजको संरक्षकहरुमा  रुपमा दिनेश पोखरेल, दिपक खनाल, दिपक चुडाल, उमेश पोखरेल र निरन्जन प्रसाईलाई चयन गरेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १४:२०
प्रतिक्रिया दिनुहोस्