सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
यदि तपाईंसँग सहानुभूति र धैर्यता जस्ता नरम सीपहरू (soft skills) छन्, वृद्ध व्यक्तिहरू वरिपरि रमाईलो मान्नुहुन्छ र NSW मा बस्नुहुन्छ वा काम गर्न सक्नुहुन्छ भने - यो कार्यक्रम तपाईंको लागि हो।
पछिल्ला प्रतिवेदनहरूले देखाएअनुसार ९० प्रतिशतभन्दा बढि वृद्ध अष्ट्रेलियालीहरू आवासीय वृद्ध हेरचाह सेवा केन्द्रहरूमा जानुको सट्टा आफ्नै घरमा बस्न चाहन्छन्। फलस्वरूप अष्ट्रेलियाभर मानिसहरूलाई होम केयर वर्कफोर्समा सामेल हुने बढ्दो मागलाई जन्म दिएको छ।
सेटलमेन्ट सर्भिसेस इन्टरनेसनल (Settlement Services International; SSI) ले न्यू साउथ वेल्स (NSW) र अष्ट्रेलियन क्यापिटल टेरिटोरी (ACT) मा सरकारद्वारा वित्त पोषित होम केयर वर्कफोर्स सहायता कार्यक्रम (Home Care Workforce Support Program; HCWSP) प्रदान गरिरहेको छ।
के हो होम केयर वर्कफोर्स सहायता कार्यक्रम ?
होम केयर वर्कफोर्स सपोर्ट प्रोग्राम एक नि: शुल्क सेवा हो र यो वृद्ध व्यक्तिलाई सहायता गर्ने अर्थपूर्ण क्यारियर बनाउन चाहने सबैको लागि खुल्ला छ। यस कार्यक्रमले मानिसलाई वृद्ध व्यक्तिहरूकै घरमा उनीहरूको हेरचाह गर्दै क्यारियर शुरू गर्न वा अगाडि बढाउन मद्दत गर्दछ।
यसको माध्यमबाट, SSI ले वृद्ध हेरचाह जनशक्ति निर्माण, सीप विकास, प्रशिक्षण र सहायता गरिरहेको छ जसले वृद्ध व्यक्तिहरूलाई प्राथमिकता दिने सुरक्षित र उच्च गुणस्तरीय हेरचाह प्रदान गर्दछ।
होम केयर वर्कफोर्स सहायता कार्यक्रम किन?
होम केयरको कामले एक स्थिर रोजगारी प्रदान गर्दछ जुन अर्थपूर्ण छ र ग्राहकहरूद्वारा निकै सराहना गरिन्छ। यस काममा कार्यसमयमा लचकता छ र सिड्नी तथा NSW भरिका झण्डै प्रत्येक सबअर्वमा यो आवश्यक छ। HCWSP ले नयाँ कामदारहरूको लागि प्रत्येक कदममा सहायता प्रदान गर्दछ; तपाईंलाई शिक्षा प्रदायकहरूसँग र कार्यस्थलथत प्रशिक्षणसँग जोड्नेदेखि लिएर तपाईंलाई अन्तर्वातादेखि रोजगारदाताहरूसँग परिचय गराउनेसम्म सबै मद्दत गर्दछ। सहभागीका लागि SSI को सहायता
होम केयर वर्कफोर्स सहायता कार्यक्रममा सामेल हुन सजिलो छ। QR कोडमा क्लिक गर्नुहोस् र HCWSP प्रतिनिधिले तपाईंलाई सम्पर्क गर्नका लागि आफ्नो विवरणहरू उपलब्ध गराउनुहोस्। तपाईं कार्यक्रममा दर्ता भएपछि तपाईंले होम केयरमा क्यारियर बनाउन मद्दत गर्ने विभिन्न प्रकारका सहायताहरू प्राप्त गर्नुहुन्छ। SSI ले तपाईंलाई निम्न तरिकाहरूबाट मद्दत गर्न सक्छ:
केयर क्यारियर पासपोर्ट
यो कार्यक्रम अन्तर्गत तपाईंले वृद्ध हेरचाह उद्योगका विशेषज्ञहरू र रजिष्टर्ड तालिम प्रदायकहरू (RTO) को संयोजनमा विकास गरिएको केयर क्यारियर पासपोर्ट प्राप्त गर्नुहुन्छ, जसले तपाईंलाई होम केयरमा तपाईंको सफल क्यारियर निर्माण गर्न र उल्लेख गर्न मद्दत गर्छ। पासपोर्टले तपाईं वृद्ध हेरचाहकर्ता भएपछि पनि तपाईंलाई तपाईंको यात्राभरि मार्गदर्शन गर्दछ। यसले तपाईंलाई सम्भावित रोजगारदाताहरूलाई देखाउन पेशागत कागजात प्रदान गर्दछ जसले हेरचाहकर्ताको रूपमा तपाईंको बढ्दो सीप तथा योग्यताहरू प्रदर्शन गर्दछ।
भर्ना सहायता कार्यक्रमहरूको घोषणा
SSI ले होम केयर हेरचाहकर्ता बन्न इच्छुक व्यक्तिहरूलाई सहायता गर्न लक्षित कार्यक्रमहरूको एक श्रृंखला पनि चलाइरहेको छ। तपाईंको नजिकको कार्यक्रम खोज्न SSI event page मा जानुहोस्। यदि तपाईं कार्यक्रममा सहभागी हुन चाहनुहुन्छ भने कृपया QR कोड प्रयोग गरी कार्यक्रमसँग सम्पर्कमा रहनुहोस् वा सूचीबद्ध कार्यक्रममा आउनुहोस्।
कार्यक्रममा सहभागी हुन वा थप जानकारीको लागि SSI को आधिकारिक वेबसाइट www.ssi.org.au/homecare मा जानुहोस्।
तपाईंले Homecare पेजको तल रहेको च्याट आइकन (chat icon) मा क्लिक गरेर आफ्नो भाषामा HCWSP प्रतिनिधिलाई पनि सम्पर्क गर्न सक्नुहुनेछ।