SSI SSI
SSI SSI

जनसम्पर्क राज्य समिति क्यानबेराद्वारा मन्त्रि साउदसँग अन्तरक्रिया 


सिड्नी । सातौ   हिन्द महासागर सम्मेलनमा भाग लिने क्रममा अष्ट्रेलिया भ्रमणमा रहेका नेपालका परराष्ट्र मन्त्रि एबं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नारायणप्रकाश साउदसँग जनसम्पर्क राज्य समिति क्यानबेराद्वारा फ्रेबुवारी १२ तारिख सोमवार क्यानबेरामा एक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । 


कार्यक्रममा मन्त्रि साउदले परराष्ट्र मन्त्रालयले प्रदान गर्दै आएको सेवा सुविधालाई सहज र अझ प्रभावकारी कसरि बनाउन सकिन्छ भन्ने तर्फ़ आफू क्रियासिल रहेको बताउदै अव चाडै नै ई पासपोर्ट सेवा सुचारु हुने र हुलाक मार्फत् प्राप्त गर्न सकिने उल्लेख गरे । उनले एनआरएनमा आएको बिबाद समाधान गरि  सबैलाई मिलाएर लैजाने प्रयास जारी रहेको बताए ।

 
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले अस्ट्रेलियाको भौगोलिक अवस्थाले गर्दा पासपोर्ट बनाउन नेपालीहरुले धेरै नै सास्थी खेप्नु परेको बताउदै त्यसको दिगो समाधानका लागि दुतावासको साथसाथै यहाँका बाणिज्य दुतावासहरुको सेवालाई प्रभावकारी र बिस्तार गर्नुपर्ने खाचो औल्याए । अध्यक्ष पोखरेलले सन् २०२३ मा मात्रै  अष्ट्रेलियामा अध्ययन गर्न आउने बिद्यार्थीहरुले करिव २ दशमलव ६ बिलियन डलर पढाई शुल्क बापत तिरेको बताउदै यत्रो ठुलो रकम  तर्दै आएको नेपालले यहाको सरकारसँग छात्रवृत्ती ,आर्थिक तथा भौतिक सहयोग बढाउने समन्धमा छलफल गर्नु पर्ने , अष्ट्रेलियामा हुर्कदै गरेका तेस्रो पुस्तालाई  नेपालसंग जोड्न उनीहरुलाई नेपाली भाषा ,सस्कृति र नेपाली मौलिकताको बारेमा जानकारी दिलाउने खालका कार्यक्रमका लागी सरकारको ध्यान जानुपर्नेमा जोड दिए ।


जनसम्पर्क समिती  क्यानबेरा राज्य संयोजक ललित मल्लको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा एनआरएनएए एसीटी राज्यका पुर्व संयोजक  डा. सिताराम घिमिरेले एन आर एन नागरिकता लिदा खेप्नु परेको कानुनी बाधा अड्चन र त्यसका सहजीकरणका बारेमा पावर प्वाईन्ट मार्फत बिषयबस्तु प्रस्तुत गरेका थिए । 


त्यसैगरी डा. कृष्ण हमालले नेपालमा बैदेशिक लगानीलाई प्रोत्साहित गर्न सरकारी तहबाटै बिशेस कार्यक्रम ल्याउनु पर्ने खाचो औल्याए ।  कार्यक्रममा राजदूत कैलाशराज पोखरेल , एनआरएनए  अंन्तराष्ट्रिय समन्वय समितीका सचिबद्वय स्व्तान्त्रप्रताप शाह र ज्ञानेन्द्र रेग्मी , जनसम्पर्क समिती अष्ट्रेलियाका अध्यक्ष सुरेश रनसिह गुरूँग, बिश्व हिन्दु महासंघकी  उपाध्यक्ष ज्योत्सना अधिकारी साउद , जनसम्पर्क  समिति एनएसडब्लूका संयोजक सितल खाड लगायत क्यानबेरा स्थित विभिन्न सामाजिक सस्थाका प्रतिनिधिहरुको बाक्लो सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  ११:५९
प्रतिक्रिया दिनुहोस्