SSI SSI
SSI SSI

सिड्नीमा बल्छी र पुकुले हँसाएर नचाए 


सिड्नी ।  नेपालका चर्चित हास्यव्यंग्य कलाकारहरु  बल्छी धुर्बे ( मरिचमान श्रेष्ठ ) र पुकु (पुजन घिमिरे ) ले यहि फ्रेबुवरी ९ तारिख शुक्रबार साँझ सिड्नीमा आयोजित एक कार्यक्रममा उपस्थित दर्शा एबम श्रोताहरूलाई छमछम नचाए अनि पेट मिचीमिची हँसाए । UNIVERSAL THOUGHT CONSULT  (UTC )को प्रस्तुतिमा भएको " सिड्नी रमाइलो साँझ " कार्यक्रम सिड्नीको मेरिल्याण्डस्थित बार्दली फंसन सेण्टरमा सम्पन्न भएको थियो । 


मौलिक नेपाली कला सस्कृति एबम गीत संगीत र हास्यव्यंग्यलाई प्रबर्धन गर्ने मूल उद्देस्यका साथ् आयोजित सो मनोरन्जनात्मक कार्यक्रममा बिशेस गरि अभिभावकहरुको ठुलो संख्यामा सहभागिता रहेको थियो । 


कार्यक्रममा हास्यव्यंग्य कलाकारहरु  बल्छी धुर्बे ( मरिचमान श्रेष्ठ ) र पुकु (पुजन घिमिरे ) ले नेपालको समसामयिक बिषय बस्तुमा आधारित रहेर तयार परिएको प्रहसनको अलवा मेलोडी गीत गाएर दर्शकहरुलाई भरपुर मनोरंजन दिएका थिए । त्यसका अलावा कार्यक्रममा र्यापर बुद्ध लामाको नेतृत्वमा रहेको डिसअर्डर र्यापर ग्रुपले र्याप गीत प्रस्तुत गरेका थिए । उनीहरुको गीतमा  युवा युवती नाचेर साथ दिएका थिए । 

 मेधा ईभेण्ट्सद्वारा आयोजित सो कार्यक्रममा  स्थानिय कलाकारहरु र अभिभावकहरुद्वारा समेत नेपाली गीत संगीत तथा नृत्य प्रस्तुत गरिएको थियो । सो मनोरन्जनपूर्ण कार्यक्रममा युवा पुस्ता र अभिभावकहरुको रोजाईमा पर्ने गीत र हास्यव्यंग्यका  बिबिध प्रस्तुतिहरु पस्किईएको थियो  ।

 मौलिक नेपाली गीत संगीत र नृत्य तथा युवा पुस्ताको रोजाईमा र्याप शैलीका गीत अनि हास्यव्यंग्यलाई को एउटै स्टेजबाट प्रस्तुत गरेर आयोजक सस्थाले सिड्नीमा हुने नेपाली सांगेतिक कार्यक्रममा एउटा नयाँ आयाम थप्न सफल भएको छ । त्यतिमात्रै होइन  निशुल्क प्रवेशको ब्यबस्था गरेर पनि कार्यक्रमलाई भब्य र सभ्य बनाउन सकिन्छा भन्ने उदाहरण स्थापित भएको छ । 
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १२:४२
प्रतिक्रिया दिनुहोस्