SSI SSI
SSI SSI

लड्नु आफैँमा असफलता होइन,लडेको ठाउँमा उभिइरहनु असफलता हो : सोक्रेटिस्

सोक्रेटेस (ई.पू. ४७०–३९९) पश्चिमा दर्शनका अधिष्ठाता प्राचीन ग्रीक विद्वान चिन्तक हुन् । उनी मौलिक शिक्षा र आचारद्वारा उदाहरण दिन रुचि राख्दथे। सामान्य शिक्षा र मानवीय सदाचारमा जोड दिएर उनले रुढीवाद र अन्धविश्वासबिरुद्ध प्रहार गरे । मैले पहिलो पटक सोक्रेटेसको नाम सुनेको हाइस्कूलमा अँग्रेजी पढ्दा ‘फोर थिङ् स्’ मा उनको शिक्षाको प्रसंग आउँथ्यो ।

बुद्धले जस्तै सोक्रेटेसले पनि आफ्नो कुनै लिखित कृति छोडेनन् । तर बुद्धका चेलाहरूले उनका उपदेश कण्ठस्थ पार्न थालेका थिए । एरिस्टोटल, प्लेटोजस्ता सोक्रेटेसका वैचारिक उत्तराधिकारीहरूले आफ्ना कृति र संवादमा उल्लेख गरेका आधारमा उनका विचार हामीलाई थाहा हुने हो । यहाँ उल्लेखित वाणी प्लेटोको चर्चित पुस्तक गणराज्य (रिपब्लिक) मा ई.पू. ५०६ मा उल्लेख भएको आधारमा यहाँ राखियो ।

यिनलाई हावादारी विचार तथा बहस मन पर्दैनथ्यो । विवाहित र ३ छोराका पिता भए पनि एक फकिरको जस्तो यिनको जीवन थियो । उनको वैचारिक अभियानलाई प्लेटो र एरिस्टोटलले निरन्तरता दिए । युवाहरूलाई भड्काएको र देव निन्दा गरी नास्तिक विचार फैलाएको दोष लगाएर ‘हेमलक’ नामक विष खान दिएर उनको हत्या गरियो ।

सोक्रेटेस ढुङ्गा काट्ने पेशा गर्ने साफ्रानिस्कस र सुडेनी आमा फिनरितका छोराका रुपमा गरिब परिवारमा जन्मेका थिए । उनलाई मृत्युदण्ड दिँदा उनको मुद्दा पाँच सय जुरीको कचहरीले हेरेको थियो । तीमध्ये ३६१ जना ‘पञ्च भलाद्मी’ ले मात्र मृत्युदण्ड दिनुपर्ने मत दिएका थिए । झिनो मतको अन्तरले उनलाई विष पिलाइयो । उनले आफ्नो विचार त्यागेको वा एथेन्स् छोडेर जान राजि भएको भए सँजाय माफी हुनसक्थ्यो।

घाम अस्ताउने बेलातिर, जेलभित्र विष पिलाएपछि सोक्रेटेस क्रमशः शिथिल हुँदै गए। अन्तिम वाक्यका रुपमा उनले आफ्ना चेला क्रिटोलाई अह्राएको भनाई थियो, “क्रिटो, हामीले एसलेपियसको कुखुराको भालेको दाम तिर्न बाँकी छ । त्यो तिरिदिनु ।” ७१ वर्षको उमेरमा घाम अस्ताउने बेलातिर उनको निधन भयो ।

उनका केही उत्कृष्ट विचार यस्ता छन्–

कोही मान्छेले अन्जानमै सत्य विचार लिएको अर्थ अन्धो मान्छेले ठीक बाटो लिएको जस्तै हो ।

गतिला मान्छेहरू बाँच्नका लागि खान–पिन गर्छन्, अगतिला मान्छेहरू खान–पिनका लागि बाँच्न चाहन्छन्।

म कसैलाई केही पनि सिकाउन सक्दिन । म उनीहरूलाई स्वयं सोच्न प्रेरित गर्छु ।

May be an image of text

( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०६:५९
प्रतिक्रिया दिनुहोस्