SSI SSI
SSI SSI

सामाजिक कार्यमा कर्णाली सेवा समाज अष्ट्रेलिया

 

सिड्नी । अष्ट्रेलियामा नेपाली हरुको संख्या बढेसंगै नेपाली सामुदायिक गरिबिधिहरु पनि बढ्दै गएका छन् । विभिन्न संघ सस्था र समितिहरु मार्फ़त यहाँका  नेपालीलाई मात्र होइन नेपालमा समेत आफुले सकेको आर्थिक तथा भौतिक सहयोग जुटाउने कार्यमा सक्रिय सस्थाको रुपमा कर्णाली सेवा समाज अष्ट्रेलियाले आफुलाई उभ्याउन सफल भएको छ ।

 बिशेषगरी कर्णाली क्षेत्रको पर्यटन उद्योग लाई बिकास र बिस्तार गर्ने तथा त्यस क्षेत्रबाट यहाँ आएका बिद्यार्थीहरुको सुख दुखको साथी बनेर सामाजिक तथा कल्याणकारी कार्य गर्ने उद्देश्यका साथ सस्था अगाडी बढेको पाईन्छ । 
सस्थाले खेलकुदको माध्यमबाट आपसी भाईचारा र समन्धलाई अझ घनिष्ठ बनाउदै नेपाली समाजमा सकारात्मक कार्य गर्ने पहल स्वरूप रारा फुटबल क्लबको स्थापना पनि गरेको छ । यो क्लबले हरेक हप्ताको एक दिन फुटबल खेल खेल्दै आएको छ । त्यसको अलवा नेपालबाट आएका नयाँ बिद्यार्थीहरुलाई काम कोठा खोज्न सहयोग गर्दै आएको छ । 

     
 

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  ०६:१०
प्रतिक्रिया दिनुहोस्