SSI SSI
SSI SSI

परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र  विदेश मन्त्री पेनी वोङबीच पर्थमा द्विपक्षीय भेटवार्ता सम्पन्न 

 

सिड्नी ।  नेपालका  परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङबीच हिजो (फ्रेबुवरी १० तारिख शनिवार ) अस्ट्रेलियाको पर्थमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा आपसी हित र दुबै देशका साझा चासोका विषयमा र  नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको अष्ट्रेलियाको क्यानबेरा स्थित नेपाली राजदुतावासद्वारा जारी बिज्ञप्तिमा जनाईएको छ । 


 परराष्ट्रमन्त्री एन पी साउद र विदेशमन्त्री  वोङको उपस्थितिमा अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेश मन्त्री डा. टिम वाट्सले आ-आफ्नो सरकारको तर्फबाट व्यापार तथा लगानी अवधारणा सम्वन्धि सम्झौता (TIFA)’ उक्त अवधारणा सम्वन्धि सम्झौतामा हस्ताक्षर गरी आदान प्रदान गरियो ।

सम्झौताले नेपाल र अस्ट्रेलियाबीचको कायम द्विपक्षीय आर्थिक सम्बन्धलाई थप प्रवर्द्धन गर्न र प्रगाढ बनाउनको लागि दुई देशबीच व्यापार र लगानीलाई प्रोत्साहन एवं सहजीकरण गर्ने लक्ष्य राखेको छ । TIFA को निष्कर्षमा नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय आर्थिक सम्बन्ध पारस्परिक हितसँगै अझ प्रगाढ हुने अपेक्षा गरिएको छ ।

यसअघि परराष्ट्र मन्त्रीले सिंगापुरका विदेशमन्त्री महामहिम डा. भिभियन बालकृष्णनसँग छुट्टै भेटवार्ता गरी दुई देशबीचको परस्परीक सम्बन्धका विभिन्न विषयमा भएको बिज्ञप्तिमा जनाईएको छ । 
 परराष्ट्रमन्त्री हिन्द महासागर सम्मेलनमा सहभागी हुनको लागि ८ फेब्रुअरीमा पर्थ आईपुगेका हुन् । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  ०४:३२
प्रतिक्रिया दिनुहोस्