SSI SSI
SSI SSI

ओएनएफद्वारा सिड्नीमा भेटघाट तथा बार्बिक्यू कार्यक्रमको आयोजना 

 
सिड्नी । प्रवासी नेपाली मंच ( ओएनअफ )अस्ट्रेलियाले यहि  फ्रेबुवरी ३ तारिख शनिवार सिड्नीको ओलम्पिक पार्कमा भेटघाट तथा बार्बिक्यू कार्यक्रम सम्पन्न गरेको छ । मध्यान्न १२ बजे देखी सुरुभएको सो कार्यक्रममा नेकपा एमाले को प्रवास संगठन प्रवासी नेपाली मंच ( ओएनअफ )अस्ट्रेलियाका कार्यसमितिका पधाधिकारी ,सुभचिन्तक एबम् विभिन्न सामाजिक सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

प्रवासी नेपाली मंच ( ओएनअफ )अस्ट्रेलियाका अध्यक्ष केशब जोशीको अध्यक्षतामा सम्पन्न औपचारीक कार्यक्रममा बोल्दै संबिधान सभा सदस्य एबम् नेकपा एमाले केन्द्रीय सल्लाहकार कुलप्रसाद नेपालले एनआरएन  नागरिकताको परिकल्पना नेपालको संबिधानमै उल्लेख भएकाले नागरिकता समन्धि अहिले देखिएको समस्याहरु क्रमस समाधान हुदै जाने बिस्वास ब्यक्त गरे ।

 प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डेले सामाजिक एबम कल्याणकारी कार्यमा सस्थाको भूमिकालाई अझ सशक्त र प्रभावकारी बनाउन सबै लाग्नु पर्नेमा जोड दिए ।  एनआरएनए आईसीसीका उपाध्यक्ष  बिनोद श्रेष्ठ र  कार्यक्रमका संयोजक भुवन पाण्डे लगायतका बक्ताहरुले संगठनको बिबिध पक्षमा आ आफ्नो मन्तब्य राखेका थिए । 


कार्यक्रममा एनआरएन आईसीसी सल्लाहकारमा  नियुक्त सलाहकार  रमेश पांडे , आइसीसी सदस्यमा मनोनित राम घिमिरे र  आइटी तथा ईञ्जिनियरिङ्ग  टास्कफ़ोर्सका प्रमुख होम पाण्डे तथा प्रवासी नेपाली मंच अन्तराष्ट्रिय कमिटी सदस्यमा मनोनित माधब शाहलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १६:०६
प्रतिक्रिया दिनुहोस्