SSI SSI
SSI SSI

सेन्ट्रल कोस्टमा नेपालीले गरे रक्तदान 


सिड्नी । सेन्ट्रल कोस्ट नेप्लिज कम्युनिटीको आयोजनामा आज ( फ्रेबुवरी ३ तारिख शनिवार )   रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।  रक्तदान गस्फ़ोर्ड स्थित ब्लड डोनेशन सेण्टरमा भएको थियो । ब्लड डोनेशन कार्यक्रममा सहभागि लाई धन्यबाद दिदै  सेन्ट्रल कोस्ट नेप्लिज कम्युनिटीका अध्यक्ष  खगेन्द्र ढकालले सबैको साथ र सहयोग बाट नै यो पुण्य कार्य सम्पन्न भएको बताए । उनले रक्तदान जस्तो पबित्र अनि पुण्य कार्यलाई आगामी दिनमा अझ व्यापक बनाउदै निरन्तरता दिइने उल्लेख गरे ।
 सस्थाका सचिव   अशिम गौतमले रक्तदानले  हाम्रो समुदायको पहिचानलाई जुरुक्क उचालेको बताउदै यो कार्यले यहाको समाजमा नेपाली समुदाय प्रतिको आपसी बिस्वास र सद्भाव अभिबृधि मा सहयोग पुर्याएको उल्लेख गरे ।  कार्यक्रममा सस्थाका पब्लिक अफिसर महेश दाहाल ,सदस्य बिष्णु सापकोटा ,बिकाश काफ्ले र प्रबिण पौडेल लगायतका बक्ताहरुले यो कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी बनाईने प्रतिबद्दता व्यक्त गरे ।


 

प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्