SSI SSI
SSI SSI

सिड्नीको बार्दलीबाट बल्छी धुर्बेलॆ हास्यव्यंग्यको बल्छी हान्ने 


सिड्नी । अष्ट्रेलियामा मौलिक नेपाली कला सस्कृति एबम गीत संगीत र हास्यव्यंग्यलाई प्रबर्धन गर्ने मूल उद्देस्यका साथ यहि फ्रेबुवरी ९ तारिख शुक्रबार सिड्नीमा " सिड्नी रमाइलो साँझ " कार्यक्रम हुने भएको छ । UNIVERSAL THOUGHT CONSULT  (UTC ) को प्रस्तुतिमा हुने सो  हास्यव्यंग्य एबं सांगितिक कार्यक्रममा नेपालका चर्चित हास्यव्यंग्य कलाकारद्वय  बल्छी धुर्बे ( मरिचमान श्रेष्ठ ) र पुकु (पुजन घिमिरे ) ले हास्यव्यंग्य प्रस्तुत गर्नेछन् ।  त्यसका अलावा कार्यक्रममा र्यापर बुद्ध लामाको नेतृत्वमा रहेको डिसअर्डर र्यापर ग्रुपले र्याप गीत प्रस्तुत गर्ने छ । 


आयोजक सस्था  मेधा ईभेण्ट्सका अनुसार कार्यक्रममा स्थानिय कलाकारहरु द्वारा पनि नेपाली गीत संगीत तथा नृत्य प्रस्तुत गरिने छ । सिड्नीको मेरिल्याण्ड स्थित बार्दली फंसन सेन्टरमा साँझ ५ बजेदेखि सुरु हुने सो कार्यक्रममा युवा पुस्ता र अभिभावकहरुको रोजाईमा पर्ने गीत र हास्यव्यंग्यका  बिबिध प्रस्तुतिहरु पस्किईने छ । मेधा ईभेण्ट्सले भ्वाईस अफ नेपाल टुर कार्यक्रमलाई सन् २०२३ मा सफलता पुर्वक सम्पन्न गरेको थियो । मौलिक नेपाली गीत संगीत र नृत्य तथा युवा पुस्ताको रोजाईमा र्याप शैलीका गीत अनि हास्यव्यंग्य को प्र्रस्तुती  एउटै स्टेजबाट हुने यो कार्यक्रममा सहभागि भएर मनोरंजन लिन सिड्नीबासी नेपाली समुदायसँग आयोजक सस्थाले अनुरोध गरेको छ । कार्यक्रममा निशुल्क प्रवेशको ब्यबस्था गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्