SSI SSI
SSI SSI

सिड्नीमा सामुहिक ब्रतबन्ध गराईदै 


सिड्नी ।  नेपाली हिन्दु समाज अष्ट्रेलियाको आयोजनामा सिड्नीमा आगामी अप्रिल १३ तारिख अर्थात् नेपाली नयाँ बर्ष २०८१ बैशाख १ गते सामुहिक ब्रतबन्ध कार्यक्रम हुदै छ ।   सिड्नीको रिजेन्स पार्क स्थित साई मन्दिरमा हुने सो सामुहिक ब्रतबन्धमा सरिक हुन चाहने बटुकहरुले https://nepalesehindusociety.org.au/bartamanna/को लिङ्कमा गएर आफ्नो नाम दर्ता गराउन आयोजक सस्थाले अनुरोध गरेको छ ।

नेपाल न्यूजसंग कुरागर्दै पण्डित प्रकाश ढोडारिले हिन्दु धर्म सस्कृति र परम्परालाई प्रवासमा पनि जीवन्त राख्ने र नया पुस्तालाई हाम्रो धर्म सस्कृति र परम्परा प्रति आकर्षित गर्ने मूल लक्षका साथ सामुहिक ब्रतबन्धको कार्यक्रमलाई सन् २०१८ देखि निरन्तरता दिइएको बताए । उनका अनुसार नेपाली हिन्दु समाज अष्ट्रेलियाले हालसम्म करिव दुई सय बटुकहरुको ब्रतबन्ध गरिसकेको छ ।


  हिन्दु शास्त्रका अनुसार सातौ बर्षमा  पुगेपछि ब्रतबन्ध गर्नुपर्ने धार्मिक र परम्परागत मान्यता रहदै आएको छ । सातौ बर्षमा नभए बिजोर बर्षमा गर्ने परम्परा छ । सामुहिक रुपमा गर्दा बर्ष लाई नहेरिने पण्डित हरु बताउछन । उनीहरुका अनुसार आफ्नो घरमा एक्लै ब्रतबन्ध गर्दा यहाको ब्यस्त जीवन शैली ,पुजा सामग्रीको जोहो र बिबिध कारणहरुले गर्दा सामुहिक ब्रतबन्ध नै सबैको रोजाईमा पर्दै आएको छ ।  सिड्नीमा हुने सामुहिक ब्रतबन्ध कार्यक्रममा सिड्नीमा उपलब्ध नेपाली मुलका पण्डितहरुले  पुस्तक  बैदिक हिन्दु धर्म शास्त्र अनुसार श्रीमद्भागवत महापुराण पाठ पारायण लगायतका धार्मिक पुस्तक बाचन गर्नेछन् । 
कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा सुनिता पाठक ०४६८५४२२०६, पण्डित प्रकाश ढोडारि ०४११८३८४४९ र लक्ष्मी बस्ताकोटीलाई ०४०२१६३०६५ मा सम्पर्क गर्न सकिने छ।  

प्रकाशित मिति: बिहीबार, माघ १८, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्