SSI SSI
SSI SSI

आज माघ १७ : ५२ बर्ष अघि राजा महेन्द्रको निधन भएको दिन


५२ बर्ष अघि वि.सं. २०२८ माघ १७ गते चितवनको दियालो ब्रिटिस विहान ०३:४५ बजे मुटुको ब्यथाका कारण तत्कालीन राजा महेन्द्रको निधन भएको थियो । मुहार सम्म रामनाम लेखिएको पिताम्बर र सेतो कपडा र त्यसमाथी फूलमालाहरुले ढाकिएको उनको पार्थिव शरीर । 
वि.सं. १९७७ साल अषाढ ३० गते नारायणहिटी राजदरबारमा जन्मिएका राजा महेन्द्र २०२८ सालमा निधन हुँदा उनी ५१ बर्षका थिए। वि.सं. २०११ साल फाल्गुन ३० गते  जुरिचमा उपचाररत राजा त्रिभुवनको निधन भएपछि उनी राजा भएका थिए ।
उनलाई पहिलोपटक २०२४ साल चैत २ गते सिकार खेल्न कञ्चनपुर पुगेका बेला हृदयाघात भएको थियो । उनलाई चिकित्सकले प्राकृतिक क्षेत्रमा आराम गर्न सुझाएका कारण टीकापुरमा केही समयसम्म आराम गरेका थिए ।


राजा महेन्द्रको अन्तिम शवयात्रा । 


भरतपुरबाट राजा महेन्द्रको पार्थिव शरीरलाई बोकेर एउटा विशेष हेलिकप्टर माघ १७ गते अपरान्ह ०४ बजेर ४५ मिनेट जाँदा त्रिभुवन विमानस्थलमा ओर्लिएको थियो । राजा महेन्द्रका छोराहरु मध्ये माहिला छोरा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र सोही हेलिकप्टर र अर्का कान्छा छोरा अधिराजकुमार धिरेन्द्र अर्को हेलिकप्टरमा साथै आएका थिए । उनको पार्थिव शरीरको मुहार सम्म रामनाम लेखिएको पिताम्बर र सेतो कपडा त्यसमाथी फूलमालाहरुले ढाकिएको थियो। जुन यस तस्बिरमा प्रष्ट देखिन्छ ।


राजा महेन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन विमानस्थलमा नै ठूलो भीड जम्मा भएको थियो।राजा महेन्द्रको पार्थिव शरीरलाई विमानस्थलबाट ब्राह्मणहरुले बाँसको खटमा बोकेर आर्यघाट सम्म पुर्याएका थिए । खट बोकेका ती ब्राह्मणका पछाडि छोराहरु अधिराजकुमार ज्ञानेन्द्र र धिरेन्द्र त्यस्तै भाईहरु अधिराजकुमार हिमालय र बसुन्धरा समेत संगै थिए । शवयात्रमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय पंचायतका अध्यक्ष, मन्त्रीगण, राजसभा स्थायी समितीका सभापति, राजसभाका सदस्यहरु, संवैधानिक अंगका प्रमुखहरु र सदस्यहरु त्यस्तै नेपाल स्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरु समेत उपस्थित थिए । राजा महेन्द्रको अन्तिम संस्कारमा सहभागी हुन भारतका तत्कालीन उपराष्ट्रपति जि.एस. पाठक एवं मन्त्री राजबहादुर समेत नेपाल आएका थिए। पशुपति आर्यघाटमा माईला अधिराजकुमार ज्ञानेन्द्रले राजा महेन्द्रको पार्थिव शरीरमा दागबत्ती चढाएर अन्त्येष्टि गरेका थिए ।
तस्बिर स्रोत:- रमझम

( सामाजिक सञ्जालबाट साभार )

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्