SSI SSI
SSI SSI

काठमाण्डौमा भिसा सेन्टरको पुन:स्थापना गर्न पहल गर्छु : सिनेटर मारिया 


सिड्नी । अष्ट्रेलियाली  सिनेटर मारिया कोभासीसंग गैर आवासिय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको नेतृत्वमा यहि जनवरी २९ तारिख सोमवार भेट भएको  छ । सिड्नी स्थित उनको कार्यालमा भएको भेटका अवसरमा अष्ट्रेलिया आउने नेपालीहरुको संख्या बर्षेनी बढ्दै गएको र भिसा प्रक्रियामा धेरै नै सास्थी र कठिनाई भोग्नु परेकोले भिसा प्रक्रियालाई सहज र सरल बनाउन नेपालमा भिसा सेन्टर पुनस्थापना हुनुपर्ने ,अष्ट्रेलियाको संघिय र राज्य स्तरमा नेपाली समुदायलाई मान्यता र महत्व दिनुपर्ने माग राखियो ।

 त्यसैगरी सिनेटरसंगको भेटघाटमा  यहाको नेपाली समुदायलाई अझ बलियो बनाउदै समयानकुल अगाडी लैजान सरकारी स्तरबाट गर्न सकिने कल्याणकारी योजनाका बारेमा जिज्ञासा राकिएको टोलीमा सहभागी एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्यका सचिव कल्याण खड्काले बताए । अष्ट्रेलियाको शिक्षा ,स्वास्थ्य ,तथा हस्पिटालिटी लगायतका क्षेत्रमा नेपालीहरुले ईमान्दारीपूर्वक पुर्याउदै आएको योगदानप्रति यहाको सरकारले वेवास्था गर्न नहुने बारेमा कुरा उठाइयो ।  छलफलका क्रममा  सिनेटर मारिया कोभासीले काठमाण्डौमा भिसा सेन्टरको पुन स्थापना गर्न आफुले विदेश मन्त्रिसंग कुरागर्ने र नेपाली समुदायलाई राज्य र राष्ट्रिय स्तरमा मान्यता दिने सवालमा समन्धित निकायमा कुरा राख्ने जानकारी गराईन । 
 अष्ट्रेलियाको शिक्षा र माइग्रेसनको क्षेत्रमा नेपाली समुदायको ठुलो योगदान रहदै आएको र यसको नीति निर्माणको तहमा नेपाली समुदायको सुझावलाई सम्बोधन गर्नुपर्ने मागका समन्धमा सिनेटर कोभासिले यसलाई कार्यान्वयनको तहमा लैजान आफ्नो  सक्दो साथ र सहयोग रहने बिस्वास दिलाईन ।  भेटका अवसरमा उनले बहुसास्कृतिक मुलुक अष्ट्रेलियाको आर्थिक ,सामाजिक तथा शैक्षिक लगायतका क्षेत्रमा नेपालीले बिशिस्ठ पुर्याउदै आएकोमा खुशी व्यक्त गरिन ।  
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले यहाको राज्य तथा संघिय सरकारले अष्ट्रेलियाको नेपाली समुदायप्रति अझ बढी साथ र सहयोग खोजेको बताउदै राष्ट्र र जनताका हिताकालागी गरिने हरेक गतिविधिमा  नेपाली समुदायको साथ र सहयोग रहने बिस्वास दिलाए । 
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलको नेतृत्वमा भएको सो भेटघाटमा सस्थाका सस्थापक अध्यक्ष मन केसी र एनआरएनए अष्ट्रेलिया एनएसडब्लु राज्यका सचिव कल्याण खड्काको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १४:०४
प्रतिक्रिया दिनुहोस्