SSI SSI
SSI SSI

यति फुटबल क्लबको अध्यक्षमा कर्ण राना 

अस्ट्रेलियाको मेलबर्नलाई मुख्य कार्यथलो बनाउँदै आएको यति फुटबल क्लबको मेलबर्नमा हालै सम्पन्न साधारण सभाले कर्ण रानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।

क्लबका अनुसार नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा सज्जन शर्मा र अनामिका राई, सचिवमा रुक्शन राई, कोषाध्यक्षमा बिपस्ना लामा, र सहसचिवमा भरत राना चयन भएका छन्।

त्यसैगरी  सदस्यमा  विशन गुरुङ,इन्द्र गुरुङ,  सुरुची श्रेष्ठ, मोनिका महर्जन र लक्ष्मी गुरुङ, चयन भएका छन् । 

विशेषगरि  मेलबर्न र त्यसको वरपर बसोबास गरेका नेपालि फुटबल खेल प्रेमीहरुको प्रयासमा सन् २००१ मा स्थापना भएको हो।

अस्ट्रेलियाको नेपालि समुदायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल  यति एफसीसँग सन् २०१५ मा अष्ट्रेलियाको घरेलु फुटबल संरचनाको पहिलो खुड्किलो मानिने ‘स्टेट फाइभ लिग’ खेलिसकेको  छ । क्लबले फुटबल खेल  गतिविधि का अलावा  विभिन्न सामाजिक र कल्याणकारी कार्यमा योगदान पुर्याउदै आएको छ । 

क्लबले मेलबर्नमा हाल सामुदायिक फुटबल ‘सन्डे फुटबल’ खेलिरहेको छ । अष्ट्रेलियाको लिग संरचनामा उपस्थिति जनाउने प्रयासमा रहेको क्लबले नेपाली राष्ट्रिय फुटबल टोलीबाट खेलिसकेका अन्तर्राष्ट्रिय खेलाडी तथा नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलिसकेका खेलाडीहरूलाई अनुबन्ध गर्दै फुटबलका बिबिध आयामहरुलाई अगाडि बढाउदै आएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  ०६:००
प्रतिक्रिया दिनुहोस्