SSI SSI
SSI SSI

अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्क र नेपालका राष्ट्रपति रामचन्द्र पौडेलबीच शिष्टाचार भेट

 
नेपाल प्रतिनिधि 
काठमाडौँ ।  नेपालका राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी जेन भोल्कले आज ( जनवरी २५ तारिख बिहिवार )  राष्ट्रपति कार्यालय सितल निवासमा शिष्टाचार भेट गरेकी छिन् । 
राजदूत भोल्क राष्ट्रपति पौडेललाई भेट्न बिहीबार शितलनिवास पुगेकी थिइन् । भेटमा नेपाल र अष्ट्रेलियाबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

उनका अनुसार भेटमा राष्ट्रपति पौडेलले दक्षिण पूर्वी एसिया तथा प्रशान्त क्षेत्रको संमृद्ध अर्थतन्त्रको हैसियतले मात्र नभई विश्व आर्थिक मञ्चमा समेत अष्ट्रेलियाको महत्त्वपूर्ण उपस्थिति रहेको बताए ।

उनले त्यसकारण पनि अष्ट्रेलियाले नेपाल जस्ता भू-परिवेष्ठित र अल्प विकसित मुलुकको सामाजिक र आर्थिक विकासमा आगामी दिनहरुमा अझ अभिवृद्धि गर्नुपर्ने बताए ।

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १७:०७
प्रतिक्रिया दिनुहोस्