SSI SSI
SSI SSI

स्वस्थानी ब्रत : मेरो दृष्टिमा 


भगवान शिवको पूजा आराधना गरिने, यो वर्षको स्वस्थानी व्रत, आज पुष शुक्ल पूर्णिमादेखि सुरू भयो, जो माघ शुक्ल पूर्णिमा सम्म एक महिना चल्दछ । 
स्वस्थानीको शाब्दिक अर्थ आफू बसेको स्थानको देवी भन्ने बुझिन्छ । आफू बसेकी स्थानकी देवीको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायण पछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास छ ।
यस अवसरमा आजैदेखि एक महिनासम्म काठमाडौंबाट उत्तरपूर्व १८ किमीको दूरीमा अवस्थित साँखुको शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्दछ ।
 सत्य युगमा भगवान विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरी महिलाहरू व्रतालु हुने यो व्रतले सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।


सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रशन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा वर्णित छ । ‘स्वस्थानीको चार हातमध्ये पहिलो हातमा नीलकमल, दोस्रो हातमा खड्ग, तेस्रो हातमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी भनी पुराणमा उल्लेख गरिएको छ । 
महादेवकी पत्नी सतीदेवीले आफ्ना पतिलाई बाबुले गरेको अपमान सहन नसकी यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रूपमा उनको जन्म भएको, स्वस्थानी कथाको मूलसार हो।
 पार्वती सानै उमेरदेखि नै महादेव पति पाउने कामना गरिरहन्थिन् । विवाहयोग्य भएपछि पिता हिमालयले भगवान् विष्णुलाई कन्यादान गरिदिने कुरा थाहा पाएपछि पार्वती भागेर अनकन्टार वनमा गई महादेवको ध्यान गर्न लागिन् । यसबाट खुसी भएर महादेवले आफूलाई पतिका रूपमा पाउन विष्णुले भने अनुसार गर्न सल्लाह दिए । विष्णुले महादेव पति पाउन स्वस्थानी व्रत गर्ने सल्लाह दिएपछि पार्वतीले विधिपूर्वक एक महिनासम्म स्वस्थानीको व्रत गरेकामा उनले महादेव पति पाएको विश्वास गरिन्छ ।
स्वस्थानी ब्रत कथामा धेरै प्रसंग र सन्दर्भ अन्धविश्वासी, महिला-द्वेषी, पुरोहितवादी मान्यताका, मध्ययुगीन, असभ्य र कर्मकाण्डी छन् । यसलाई पन्छाएर यसको मूल सन्देश ग्रहण गर्नु बुद्धिमानी होला ।
कतिपय बदमास इसाईले स्वस्थानी कथा ग्रन्थमा बाईबलका प्रसंग र ईसाइ मान्यता घुसाउने गरिएको भेटिएको पनि छ। यसबाट सावधान रहनु उचित छ ।

विकिपीडिया सहित स्वस्थानी ब्रतकथाको आधारमा
( चन्द्रमणि गौतमको फेसबुक बाट साभार )

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्