SSI SSI
SSI SSI

अयोध्याको श्रीराम मन्दिरसँग सम्बन्धित २ रोचक जानकारी

 

१. रामललालाई मूर्तजन्म दिने मूर्तिकार अरुण योगीराज (१९८३- ) बारे :

अयोध्याको राम मन्दिरमा प्राणप्रतिष्ठा गरिएको मर्यादा पुरुषोत्तम रामचन्द्रको ५ बर्षीय वाल्यावस्थाको मूर्ति बनाउने मूर्तिकार अरुण योगीराज (हे.तस्बिर), दक्षिणी राज्य कर्णाटकका हुन् । यो मूर्ति बैंग्लुरुतिर पाईने कालो र गह्रुङ्गो ढुङ्गा (श्यामशिला) को ५१ इञ्च अग्लो र २०० किलोग्राम तौल छ । मन्दिर नै दक्षिण भारतीय शैलीमा बनेको छ ।

मूर्तिकलाका अद्भुत प्रतिभा अरुणले यस्ता धेरै उत्कृष्ट मूर्ति बनाईसकेका छन् । नयाँदिल्लीस्थित इन्डिया गेटमा राखिएको नेताजी सुभाषचन्द्र बोस, केदारनाथ मन्दिरमा राखिएको आदि शंकराचार्यको मूर्ति उनैले बनाएका हुन् ।

एमबीए को पढाई पूरा गरेर केही वर्षसम्म नौकरी पनि गरेका अरुण योगीराजका अग्रज पाँच पुस्ता मूर्तीकलामा लागेका रहेछन् । उक्त मूर्ति बनाउन कै लागि उनी ६ महिना अघि घरबाट अयोध्यामा आई बसे। बिहान नित्य पूजा र आरतीमा सामेल भएको समय बाहेक सारा समय र ध्यान मूर्ति निर्माणमा एकत्रित गरका रहेछन् । सँधै सात्विक खाना खाएर र योगी मनले अरूणले रामको बाल्यावस्था (रामलला) को यस्तो मूर्ति बनाए कि सो हेरेर प्रभावित नहुने सायद कोही नहोलान् । मूर्ति निर्माणको क्रममा एकपटक ढुङ्गाको कण आँखामा पसेर निकै समस्या भएछ । एन्टिबायोटिक औषधी खाएर उपचार र केही दिन आराम गरेपछि ठीक भयो ।

२. बाबरी मस्जिदको सट्टा नयाँ मस्जिद बनाउन दिएको अयोध्या नजिकको त्यो जग्गाको अवस्था

बाबरी मस्जिद बनाईएको राम मन्दिरको सट्टा मुसलमानहरूलाई सर्बोच्च अदालतको सन् २०१९ को फैसला अनुरुप अयोध्याभन्दा २५ कि.मि. पर धन्नीपुर भन्ने गाउँमा ५ एकड जमिन सरकारले उपलब्ध गरायो । मस्जिदको प्रारम्भिक नक्सा पनि बनाइयो । तर हालसम्म एउटा ईंट राख्ने काम समेत हुनसकेको रहेनछ। राम जन्मभूमि- बाबरी मस्जिदको विवादमा मुद्दा लड्न मुसलमानहरूले पर्याप्त चन्दा दिएछन् । मस्जिद बनाउने यो बेलामा १ रुपियाँ समेत कतैबाट आएन ।

१९९२ मा भारतीय जनता पार्टी (भाजपा) का नेता लालकृष्ण आडवाणीको नेतृत्वमा बाबरी मस्जिद भत्काउना साथ राममन्दिर बनाउन चन्दा संकलनको अभियान सुरू भयो। ३५ वर्षको दौरानमा अर्बौंको चन्दा उठाउन हिन्दुहरू सफल भए । तर मुसलमानहरूले हिन्दुहरूको विरोध गर्नमा मात्र समय लगाए, मस्जिद निर्माणतिर मतलबै राखेनन् । मस्जिद बन्ला भन्नेमा मुसलमानहरू नै यकिन गर्न सकिरहेका रहेनछन् ।

ट्रस्टको स्वामित्वमा हाल भएको जमिनमाथि ६ एकड थपी ११ एकडमा मस्जिदको साथै एक क्यान्सर अस्पताल, एक अभिलेखालय, एक कानुन कलेज, एक मेडिकल कलेज र एक सामुदायिक भान्साघर (कम्युनिटी कचेन) बनाउने गुरू योजना रहेछ।

भारतीय टीभी च्यानलहरूबाट बटुबाटुल

( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )
 

 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०८:४५
प्रतिक्रिया दिनुहोस्