SSI SSI
SSI SSI

 गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक काठमाण्डौमा सम्पन्न 


नेपाल प्रतिनिधि 
काठमाण्डौमा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को हालै काठमाण्डौको चन्द्रागिरिमा सम्पन्न बैठकले  केन्द्रीय नेतृत्व चयनको अधिकार पंन्जिकृत सदस्यहरुलाई दिने गरि विधान संशोधन गर्ने निर्णय गरेको छ ।


सस्थाका अध्यक्ष बद्रि केसीको अध्यक्षतामा सम्पन्न बैठकले  यसअघि कायम रहेको प्रतिनिधि प्रणालीलाई संशोधन गर्दै विश्वभर छरिएका साधारण सदस्यहरुले मतदान गर्न पाउने व्यवस्था गर्न लागेको संघले जनाएको छ । संघका अनुसार  यो सस्थासंग करिब १ लाख गैर आवासिय नेपालीहरु पंन्जिकृत सदस्यका रुपमा रहेका छन् ।

गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को ९५ औं पूर्ण बैठक तथा ३ दिने कार्यशाला गोष्ठीमा सस्थाका मनोनित सदस्य तथा पधाधिकारीहरुले पद तथा गोपनियताको शपथ खाएका थिए ।  गोष्ठीमा सहभागि पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सुझावको आधारमा  विधान संशोधन गर्ने निर्णय गरिएको बताइएको छ । 


गोष्ठीमा दुई दर्जन देशका ७० भन्दाबढी कार्यसमितिका सदस्यहरु र अन्य पदाधिकारी तथा सदस्यहरूले भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए । 
 गोष्ठीमा संस्थाका ८ विभागीय प्रमुखहरुले आआफ्ना कार्ययोजना प्रस्तुत गरेका थिए ।

सो अवसरमा  नेपालका प्रमुख ६ राजनीतिक दलका नेताहरुसंग एनआरएनए नागरिकता, विदेशमा बस्ने नेपाली नागरिकलाई मताधिकार लगायतका विषयमा छलफल भएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, माघ ११, २०८०  ०८:०१
प्रतिक्रिया दिनुहोस्