SSI SSI
SSI SSI

काभ्रेको नमोबुद्ध र भिक्टोरियाको हुमे शहरवीच भगिनी संम्वन्ध कायम हुने


नेपाल प्रतिनिधि 
 काठमाण्डौ  । नेपालको बागमती प्रदेश अन्तर्गत रहेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र अष्ट्रेलियाको भिक्टोरिया राज्यको हुमे शहरवीच भगिनी संम्वन्ध कायम हुने भएको छ ।

मुलत साँस्कृतिक, कृषि, पर्यटन र खनिज उत्पादन लगायत बस्तुगत अध्ययन गर्न अष्ट्रेलियाका प्रतिनिधी हाम्जा वारियो र जिम लिमार्डसँग नमोबुद्ध नगरपालिकाले हुने शहरसँग मितेरी सम्वन्धकालागि प्रस्ताव गरेका हुन ।

नेपाल न्यूजसंग कुरागर्दै नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुनसाङ्ग लामाले नेपालको ग्रामिण भेगको बिकासमा मितेरी शहरको अवधारणाले सामाजिक र आर्थिक परिवर्तनमा अनुभव साटासाट र विकासका लागि सहयोग आदान प्रदान हुने भएकोले नमोबुद्ध नगरपालिकाले अष्ट्रेलियाको हुने शहरसंग मितेरी गाँस्न लागेको बताए ।

अष्ट्रेलियामा पर्यटन ब्यवसाय गर्दै आएका डि एन घिसिङ्गको पहलमा उद्योग ब्यवसायी बिरेन्द्रलाल श्रेष्ठको अगुवाईमा दुई शहरबीच भगिनी सम्वन्घ कायम हुन लागेको हो । सो अवसरमा अष्ट्रेलियाका कृषि वीज्ञ जिम लिमार्डले ग्रामिण बिकासमा कृषिको महत्व र प्राविधिक बिकासका बारेमा जानकारी गराएका थिए ।

 अष्ट्रेलियका प्रतिनिधी हाम्जा वारियोले अष्ट्रेलियाको हुने शहरका नगरप्रमुख र नमोबुद्ध नगरपालिकाका नगरप्रमुखवीच प्रत्यक्ष कुराकानीले मितेरी सम्वन्ध थप प्रगाढ हुने बिश्वास ब्यक्त गरे ।

११ वटा वडा रहेको नमोबुद्ध नगर पालिकामा करिव ४ हजार घरधुरी रहेको र अधिकांस मानिस कृषि पेशामा संलग्न रहेको नमोबुद्ध र हुने शहरको मित्रताले कृषि क्षेत्रमा नविनतम प्रविधिहरुको प्रयोग बढ्न सक्ने विश्वास नमोबुद्धका किसानहरुको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  १३:५७
प्रतिक्रिया दिनुहोस्