SSI SSI
SSI SSI

ध्यान र योगसँगै गजल र कविता वाचन गरिने 


सिड्नी । अष्ट्रेलियामा नेपाली गजलको श्रीबृद्धिमा सक्रिय गजल मुसायरको पहलमा यहि जनवरी २० र २१ तारिख दुई दिवसिय गजल र कविता वाचन कार्यक्रम हुने भएको छ ।  सिड्नीबाट  करिव ४ घण्टाको दुरीमा पश्चिम क्षेत्रमा रहेको  ल्याण्डहर्स्टमा अवस्थित पशुपति बुद्ध तपोधाम विश्व शान्ति आश्रममा हुने कार्यक्रममा सहभागीता जनाउन चाहनेले जितेन्द्र मल्ललाई ०४०२ ५२५ ९७७ र आचार्य राजन शर्मालाई ०४३४ ५७० ३९७ मा सम्पर्क गर्न सकिने छ । 


 अष्ट्रेलियाको पहिलो तपोधाम 'पशुपति बौद्ध तपोधाम तथा विश्व शान्ति आश्रमको प्राकृतिक छटा, अध्यात्मिक उर्जाको  मनोरमतामा गजल वाचन र श्रवणको आनन्द लिन सकिने उक्त दुई दिवसिय आवासिय गजल तथा काव्य सन्ध्याका आकर्षणहरु कार्यक्रममा  -पहिलो नेपाली गौशाला ,पशुपति बौद्धधाममा  योग , ध्यान साधनाका साथ आयुर्वेदिक भोजन ,क्याम्पिङ्ग , क्याम्प फायर , स्विमिङ्ग , बोटिङ्ग ,दाउराको भान्छामा तयार जैविक भोजन तथा नेपाली मौलिक खाना ,गजल , कविता वाचन , श्रवण तथा अष्ट्रेलियाको सुन्दर वन सम्पदा, ताल , सुनखानि र प्राचीन शहर लिण्डर्ष्टको परिभ्रमण रहेका छन् ।  

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ०६:०६
प्रतिक्रिया दिनुहोस्