SSI SSI
SSI SSI

मेलवर्नमा शुरू भयो १९ औं न्याभ कप


 

मेलवर्न । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) द्वारा आयोजित १९ औं न्याभ कप यहि जनवरी १४ तारिख आइतवारबाट शुरू भएको छ । म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनले मुख्य प्रायोजन गरेको उक्त प्रतियोगिता जे सी डोनेथ रिजर्भ रिजर्भोयरमा एक औपचारिक कार्यक्रम सहित आइतवार उद्घाटन गरिएको हो ।


उद्घाटनको दिन आइतवार ६ खेलहरु भएका छन् । जसमा ट्राइकोन क्रिकेट क्लबललाई ब्राइटन एभरेष्ट क्रिकेट क्लबले ३ विकेटले हराएको छ । गोर्खा लायन्सलाई गुल्मी टाइगर्सले ४ विकेटले पराजित गर्यो भने एक्सपर्ट सगरमाथा ब्लुज र ग्रेस गोर्खालीवीच भएको प्रतिस्पर्धामा एक्सपर्ट सगरमाथा ब्लुजले १४७ रनको फराकिलो अन्तरले खेल जित्यो । रोयल राइनोज र यूनाइटेड वारियर्सवीच भएको प्रतिस्पर्धामा रोयल राइनोज क्रिकेट क्लबले २५ रनले जित्यो । यस्तै अघिल्लो न्याभ कपको विजेता फारवेस्ट हन्टर्स र हिमालयन क्रिकेट क्लबवीच भएको प्रतिस्पर्धामा फारवेस्ट हन्टर्सले १० रनले पराजित गर्यो । यस्तैगरी नारेकिग्स र माभेन क्रिकेट क्लबवीच भएको प्रतिस्पर्धामा २० रनले नारे किग्सले माभेनलाई हरायो ।

उद्घाटन सत्रमा ब्रोडमिडोजका सांसद क्याथलिन म्याथ्यू, प्रेस्टनका सांसद नाथान लम्बर्ट, म्याक्सीम्याक्स एजुकेशन एन्ड माइग्रेसनका निर्देशक संकर धरेल, न्याभका संस्थापक अध्यक्ष राजु अधिकारी, एनआरएनए भिक्टोरिया उपाध्यक्ष महादेव धानुक लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।  सो अवसरमा   सांसद क्याथलिन र नाथानले न्याभ कपलाई सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे ।

कार्यक्रममा न्याभका अध्यक्ष प्रेमराज उप्रेती तथा मुख्य प्रायोजक म्याक्सीम्याक्सका निर्देशक शंकर धरेलले सांसदहरुलाई यस न्याभ कप सम्पन्न गर्नको निम्ती कार्यक्रम स्थल व्यवस्थापन तथा लोजिस्टिकको सहजीकरण गर्न आग्रह गरेका थिए । 


यस पटकको प्रतियोगितामा १७ वटा समूहहरुले प्रतिस्पर्धा गर्दैछन् । जसमा फारवेस्ट हन्टर्स क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, हिमालयन क्लब, ट्राइकन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लब, युनाइटेड वारियर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, डाँफे स्ट्राइकर्स क्रिकेट क्लब, राइजिङ सन स्पोर्ट्स क्लब, चितवन क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, नारे किंग्स, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन र माभेन क्रिकेट क्लब रहेका छन् ।

न्याभ कपको प्रथम पुरस्कार ५ हजार डलर, द्वितिय पुरस्कार १ हजार ५ सय डलर, ट्रफी र मेडल रहनेछ । यस्तै व्यक्तिगत पुरस्कारहरु (म्यान अफ द म्याच, प्लेयर अफ द टूर्नामेन्ट) लगायतमा धेरै पुरस्कारहरु दिइने आयोजक सस्थाले जनाएको छ ।

उक्त अवसरमा छ्रैठौं च्यारिटी कप पनि हुनेछ । उक्त कपमा संकलन भएको रकमले नेपाल क्रिकेट संघ (क्यान) लाई सहयोग गरी नेपालमा क्रिकेटको विकास र विकासमा टेवा पु¥याउने लक्ष्य रहेको न्याभले जनाएको छ ।

१० मार्चमा हुने ग्रान्ड फिनालेमा नेपाली क्रिकेटका दिग्गज दीपेन्द्र ऐरी र कुशल मल्ललाई सद्भावना दूत नियुक्त गरिएको छ । फाइनलमा ऐरी र मल्लसहित क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई नेपाली क्रिकेटमा उल्लेख्य योगदान पुर्‍याएकोमा अभिनन्दन गरिने न्याभले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  १४:४२
प्रतिक्रिया दिनुहोस्