SSI SSI
SSI SSI

सिड्नीमा सागका स्वर्ण पदक बिजेता खेलाडीलाई सम्मान 


सिड्नी । अष्ट्रेलिया भ्रमणमा रहेका नेपालका चर्चित खेलाडीहरु  मण्डेकाजी श्रेष्ठ र वीरबाहादुर महरालाई आज जनवरी १६ तारिख मंगलवार सिड्नीमा सम्मान गरिएको छ । १३ औं साग प्रतियोगितामा स्वर्ण पदक बिजेता करातेका मण्डेकाजी श्रेष्ठ र सागका स्वर्ण पदक बिजेता वीरबाहादुर महरालाई एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल, एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार दिनेशराज जोशी ,सामाजिक अभियन्ताहरु बुद्धि डल्लाकोटी ,बिनोद खड्का लगायतले खेलाडीद्वयलाई सम्मान गरे ।  


 सम्मान कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले जन्मभूमिका चर्चित खेलाडीलाई कर्मभूमिमा सम्मान गर्न पाएकोमा खुशी लागेको बताउदै नेपाली खेलाडीहरुको दक्षता र क्षमताको बिकासका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे ।एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार दिनेशराज जोशीले खेलकुदको व्यवसायिकता र खेलाडीको क्षमता बिकासको लागि समन्धित निकायले चासो दिनुपर्ने खाचो औल्याए ।   सम्मानित खेलाडीहरुले सात समुन्द्रपार पनि यहाको नेपाली समुदायले नेपालको खेलकुद र खेलाडीहरुप्रति देखाएको सद्भाव र आत्मियतालाई साथमा राखेर आफुहरुले खेलको माध्यमबाट देशको शीर उच्च राख्ने अभियानमा थप हौसला मिलेको बताए ।  

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:५९
प्रतिक्रिया दिनुहोस्