SSI SSI
SSI SSI
प्रकाशकीय 

हामी आयौं

प्रकाशकीय

विश्व जगतमा सञ्चार क्षेत्रले प्राप्त गरेको  उपलब्धि र सफलतले संसारलाई औलामा सिमित गरिदिएको छ।

सञ्चार र प्रविधिमा आएको परिवर्तन र विकासले हरेक व्यक्ति ,समाज र राज्यलाई कुनै न कुनै रुपले प्रभाव पारेको यथार्थता हामी सबैले स्वीकार्नुपर्छ। 

समाजको ऐनाको रूपमा स्थापित  मिडियाको माध्यमबाट समाजलाई सही सूचना र विचार पस्केर समाज र राष्ट्र बनाउने कार्यमा अनलाईन न्युज पोर्टल 'नेपाल न्युज' nepaalnews.com मार्फत सकेको योगदान पुर्‍याउने हाम्रो एकमात्र पवित्र उद्देश्य रहनेछ। यसलाई पूरा गर्न यहाँहरू सबैको साथ र सहयोग रहने विश्वास हामीले लिएका छौं। 

अस्ट्रेलियाको सिड्नीबाट सञ्चालनमा आएको यो न्युज पोर्टलमा अस्ट्रेलियाको संचार नीति र ऐन कानुनको परिधिमा रहेर अस्ट्रेलियामा रहेको नेपाली समुदायका हरेक गतिविधिका साथै सबैखाले विचार र दर्शनलाई प्राथमिकताका साथ प्रकाशन गरिनेछ।  

अस्ट्रेलियामा नेपाली समुदायको संख्या वृद्धिसँगै यसको सामाजिक गतिविधि पनि बढ्दै गएको छ।  यसै सेरोफेरोमा हाम्रो अनुभवजन्य पत्रकारिताको ज्ञानलाई उपयोग गरेर  समुदाय केन्द्रित पत्रकारितामार्फत समाचार, दर्शन  र विचारलाई हाम्रा पाठकसामू पस्कने छौ। 
पत्रकारिता ब्यवसाय समुदायको हित केन्द्रित हुनुपर्छ भन्ने हाम्रो मान्यता हो। सोही मान्यतालाई आधार बनाएर पत्रकारिता गर्ने सिलसिलामा यदि हामी कहीँ कतै बाटो बिराउन खोज्यौ भने तपाईँहरूको खबरदारी हाम्रा लागि जीवनबुटी हुनेछ। हामीलाई यहाँहरूको सुझाव र सल्लाहले काँधमा थप जिम्मेवारी र हृदयमा ईमान्दारीताको बोध गराइरहने छ। र यसबाट हामी अझ बढी दृष्टि खुलाउँदै र शैलीलाई माज्दै यो क्षेत्रलाई अगाडि बढाउन सहयोग पुग्ने विश्वास हामीले लिएका छौ।

यसका लागि समाजका हरेक वर्ग र क्षेत्रको साथ र सहयोगको अपेक्षा हामीले राखेका छौ। हामी चाहन्छौ पत्रकारिता क्षेत्रले कहिल्यै पनि कसैको र केही अभाव, दबाब र प्रभावबाट गुज्रिन नपरोस्। समुदायलाई नै पहिलो प्राथमिकतामा राखेर प्रारम्भ गरिएको 'नेपाल न्युज' अनलाईन न्युज पोर्टल तपाईँहरूसँग हातमा हात मिलाउँदै अगाडि बढ्ने बाचा गर्न चाहन्छ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  २०:२८
प्रतिक्रिया दिनुहोस्