SSI SSI
SSI SSI

डब्बो नेपाली समाज अष्ट्रेलियाको अध्यक्षमा  सुनिल भण्डारी


डब्वो । न्यू साउथ वेल्स राज्यको पश्चिम ग्रामिण शहर डब्बोमा नेपालीहरुको संख्या बर्षेनी बढेसंगै नेपाली सामुदायिक गतिबिधि पनि बढ्दै गएको छ । त्यस क्षेत्रमा बसोबास गर्दै आएका नेपालीहरुको सुख दुखको साथि बन्दै आएको डब्बो नेपाली समाज अष्ट्रेलियाले यहि जनवरी १४ तारिख आइतवार दब्बोमा एक भेटघाट तथा चियापान कार्यक्रम गर्यो । सो अवसरमा समाजको गत डिसेम्बर १० तारिखमा सम्पन्न साधारण सभाले सर्वसम्मत चयन गरेको नयाँ  कार्यसमितिको घोषणा गरियो ।


 सुनिल भण्डारीको अध्यक्षतामा सर्बसम्मत चयन गरिएको सो कार्यसमितिको उपाध्यक्षमा  राजीव भट्टराई ,सचिवमा अच्युत लुइटेल र कोषाध्यक्षमा शर्मिला महर्जनलाई चयन गरेको छ । त्यसैगरी समाजको सदस्यहरुमा बिकाश दवाडी ,सन्तोष कोइराला, रमेश शर्मा ,किशोर कुमार के सी ,दिनेश ढुंगाना ,दुकम पुन ,कमल पुन ,आशिस घिमिरे ,पुञ्जन भण्डारी ,निशा पौडेल ,बिशेस श्रेष्ठ ,असल सिंग तामांग ,सौरव ढकाल ,सुरेश घिमिरे ,सुभास बूढाथोकी ,अमर तण्दुकार ,सरोज पौडेल , नबिन खड्का ,दिनेश अधिकारी ,दिनेश थापा ,र किशोर भेटवाल रहेका छन् । सस्थाको सल्लाहकार समितिमा रमेश शर्मा ,संजिव श्रेष्ठ र बालचन्द्र श्रेष्ठ रहेको सो सस्थाले जनाएको छ । 
नयाँ कार्यसमितिलाई सुभकामना दिदै कार्यक्रमका बक्ताहरुले नेपालको कला ,सस्कृति ,भेषभुषा र रहन सहनलाई प्रवासमा पनि जिवन्त राख्न डब्बो नेपाली समाज अष्ट्रेलियाले ईमान्दार प्रयास गर्नु पर्नेमा जोड दिए । उनीहरुले समाजको हित र कल्याणकारी कार्यका लागि सस्थाले गर्ने हरेक गतिविधिमा सबैले आ आफ्नो क्षेत्रबाट सक्दो साथ् र सहयोग गर्नुपर्ने बताए । 


सो अवसरमा डब्बो नेपाली अभिभावक समाजको पनि गठन गरियो । अभिभावक बद्रि आचार्यको अध्यक्षतामा गठित सो समाजको उपाध्यक्षमा हरि आचार्य र सचिवमा कमला श्रेष्ठ रहेका छन् ।  कार्यसमितिलाई अर्को भेटघाट र छलफल बाट पूर्णता दिइने बताइएको छ । 


कार्यक्रममा सहभागीहरुले महाबीर पुन द्वारा संचालनमा रहेको राष्ट्रिय आबिस्कार केन्द्रलाई सहयोग पुर्याउने उद्देस्यले महाबीर पुनद्वारा लिखित पुस्तकहरु सम्झना ,सपना र अविरल यात्रा  खरिद गरेका थिए ।  पुस्तक बिक्रीबाट संकलित रकम  राष्ट्रिय आबिस्कार केन्द्रलाई जति सक्दो चाडो हस्तान्तरण गरिने सो सस्थाले जनाएको छ ।  

कार्यक्रममा सो क्षेत्र वरिपरी बसोबास गर्ने नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्