SSI SSI
SSI SSI

फेन्काको ५ सदस्यीय एन एस डब्लु एक्सन टिम गठन 


सिड्नी । फेडेरेसन अफ नेप्लिज कम्यूनिटि एसोसियन  (फेन्का ) न्यू साउथ वेल्स राज्य संयोजक विष्णु हमालको अध्यक्षतामा  हालै बसेको बैठकले  ५ सदस्य न्यू साउथ वेल्थ, सिड्नी  एक्सन टिम गरेको छ । सस्थाको कार्यलाई अझ प्रभावकारी बनाउदै आफ्ना कार्यक्रमहरुलाई अझ प्रभावकारी रुपमा कार्यान्वयनको तहमा पुर्याउने उद्देस्यले एक्सन टिम को गठन गरिएको हो ।

कमिटिको सह संयोजकमा मुक्तिराम पोखरेललाई चयन गरिएको छ भने सदस्यहरुमा भरत नेपाल, चिरन तिबारी ,आनन्द श्रेष्ठ र ममता तिवारी,रहेका छन् ।  बैठकमा फेन्का अष्ट्रेलियाका उपाध्यक्ष डा मधुसुदन पुडासैनिले  एक्सन टिमले छरिएका सामदायिक संस्थलाई एकिकृत गर्दै अझ वढि सहकार्य र समन्वयमार्फत्  सस्थाको गतिबिधि अगाडि बढ्ने बताए । 
नेपाल न्यूजसंग कुरागर्दै फेन्का न्यू साउथ वेल्स राज्य संयोजक विष्णु हमालले अष्ट्रेलियामा दर्ता भै सामाजिक तथा कल्याणकारी कार्यमा क्रियासिल नेपाली संघ संस्थाहरुसँग समन्वय गरि यहाँका नेपालीहरुको सुख दुखमा साथ दिदै आएको उल्लेख गरे । उनका अनुसार अष्ट्रेलियामा ८९ बटा समुदायमा रहेका सामाजिक संघ संस्थाहरु फेन्कामा आवद्ध भएका छन् भने न्यू साउथ वेल्समा ३९ वटा संस्थाहरु कृयाशिल रहेका छन् । 


संस्थाले आफ्ना गतिविधिहरुलाई निरन्तरता दिने क्रममै २८ जनवरी आइतवार सिड्नीको मेरिल्याण्ड स्थित बार्दली फङ्सन सेन्टरमा एक कार्यक्रम गर्दै छ ।  समुदायमा रहेर फेन्कासंग आवद्ध भई कृयाशिल भएका संस्थाका प्रतिनिधि अगुवाहलाई “ सामुदायिक नेतृत्व तथा सिकाई , अवसर एवंम उत्प्रेरणामुलक “ बिषयमा बरिष्ट प्रशिक्षक एवं विकास विज्ञ ओम ढुङ्गेलबाट सहजिकरण गरिने हुदाँ सो कार्यक्रममा सबैलाई सहभागिता हुन सस्थाले अनुरोध गरेको छ । 
 सन् २०१८ अगष्टमा अष्ट्रेलियामा स्थापित यो सस्थाले  मानविय श्रोत परिचालन, सहभागितामुलक सिकाई क्षमता अभिवृद्धि , नीतिगत पैरवि, पर्यटन प्रबर्धनका  कार्यक्रम , स्वास्थ्य ,शिक्षा कार्यक्रम, नेतृत्व विकास , सुशाासन र संस्थागत विकासलाई सहयोग पुऱ्याउने कार्यक्रमहरु गर्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १५:३१
प्रतिक्रिया दिनुहोस्