SSI SSI
SSI SSI

एडिलेडमा ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाईयो


सिड्नी । आधुनिक नेपालका निर्माता  पृथ्वी नारायण शाहको ३०२औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई पुष २७ गते अर्थात् जनवरी १२ तारिखका दिन अष्ट्रेलियाको विभिन्न राज्य हरुमा विभिन्न कार्यक्रम गरि मनाइयो । प्रवासी नेपाली एकता समाज अस्ट्रेलिया र ओशिनियाको आयोजनमा एडिलेडमा भएको कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष एबं  संसदीय दलका उपनेता बुद्धिमान तामाङले प्रमुख अतिथिको मन्तब्य राख्दै  राष्ट्र निर्माता  वडा महाराजाधिराज पृथ्वी नारायण शाहले आधुनिक नेपालको निर्माणमा पुर्याएको गौरवपूर्ण योगदानलाई कसैले पनि बिर्सन नहुने बताए । उनले तत्कालिन अवस्थामा विभिन्न राज्य रजौटामा विभाजित नेपाललाई एकिकरण गरि  विश्व सामु नेपाललाई एक स्वतन्त्र राष्ट्रको रुपमा पहिचान दिलाउने कार्यमा पृथ्वी नारायण शाहको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे ।

नेता  तामाङले  प्रवासमा जन्मे हुर्केका बच्चाहरुलाई नेपाल र नेपालीको गौरवपूर्ण ईतिहासका बारेमा जानकारी गराउन यहाँका सामाजिक संघ सस्थाहरु लाग्नु पर्नेमा जोड दिए ।  प्रवासी नेपाली एकता समाज अष्ट्रेलियाका कार्यवाहक अध्यक्ष केदार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा राप्रपाका सह- महामन्त्री विजय खड्का , मदेश प्रदेश अध्यक्ष भरत गिरी , प्रबासी नेपाली एकता समाज ग्लोबल अध्यक्ष प्रेम श्रेष्ठ , हिमानी कोष अस्ट्रेलियाकी अध्यक्ष अन्जना बस्नेत कार्की लगायतका बक्ताहरुले  पृथ्वीनारायण शाहको योगदानलाई नयाँ पुस्ताले स्मरण गर्नुपर्ने र वहाको दिब्य उपदेश आज पनि नेपाल र नेपालीका निमित्त मार्गदर्शनको रुपमा रहेको बताए ।    प्रबासी नेपाली एकता समाज अस्ट्रेलियाका पूर्व अध्यक्ष तथा  संरक्षक अजय राजवंशीद्वारा संचालित सो कार्यक्रममा सामाजिक अभियन्ता दिपक बिष्ट लगायत  एडिलेडका विभिन्न संघ संस्थाका प्रतिनिधि एबं स्थानिय बासिहरुको बाक्लो सहभागिता रहेको थियो । 

सो कार्यक्रममा अस्ट्रेलिया लगायत विश्वभर नेपाललाई प्रवर्द्धन गर्न आफ्नो समय, सीप र क्षमता समर्पित गर्ने व्यक्तित्वहरूलाई  Prithivi Excellence Award '24 बाट सम्मान  गरियो । Prithivi Excellence Award '24 "Empowerment in Leadership Award" बाट अञ्जना बस्नेत र  रेनुका लामा  , ,Prithivi Excellence Award '24"Global Fitness Champion Award"बाट  सुजन सिल्पकार  ,Prithivi Excellence Award '24 "Media & Journalism Excellence Award"बाट  सरल गुरुङ  ,Prithivi Excellence Award '24 "Women's Empowerment Excellence Award बाट " शर्मिला श्रेष्ठ र स्वॆता शर्मा रिमाललाई सम्मान गरियो । 

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्