SSI SSI
SSI SSI

एनआरसीद्वारा मल्टी कल्चरल गल्फ टुर्नामेण्ट आयोजना 


सिड्नी । खेलकुदको माध्यमबाट अष्ट्रेलियाको नेपाली समाजलाई जोड्दै आएको नेप्लिज रिक्रेसन क्लबले यहि जनवरी ७ तारिख आईतबार गल्फ टुर्नामेण्टको आयोजना गर्यो ।

सिड्नीको हर्स्ट्भिल स्थित  हर्स्ट्भिल गल्फ कोर्समा सम्पन्न सो टुर्नामेण्टको ग्रेड ए मा ३८ अंक ल्याएर सुदिप बास्तोला प्रथम भए ।  त्यसैगरी ३१ अंक ल्याएर सशांक कोइरालाले रनर अप उपाधि प्राप्त गरे भने ३१ सै अंक ल्याएर अरिस्टोटल अर्टाञ्जेलले तेस्रो स्थान प्राप्त गरे । 


यसैगरी ग्रेड बि मा ३८ अंक ल्याएर वाईसाले नव क्वाटाबु प्रथम भए ।  ३७ अंक ल्याएर भिमराज सुब्बा रनर अप उपाधि पाए भने ३६ अंक ल्याएर दिपक पहारी तेस्रो भए । गल्फ संयोजक सुदिप बास्तोलाका अनुसार प्रतियोगितामा अरिस्टोटल अर्टाञ्जेल लाई नियरेस्ट टु द पिन र सशांक कोइराला लाई लंगेस्ट ड्राइभ उपाधि प्रदान गरियो । 


 

प्रकाशित मिति: बुधबार, पुस २५, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्