SSI SSI
SSI SSI

अष्ट्रेलियाको  विभिन्न सहरहरुमा भब्य रुपमा नेपाली टोपी दिवस मनाइयो 


सिड्नी ।  प्रवासी नेपाली मञ्च अष्ट्रेलियाको आयोजनामा नयाँ बर्ष २०२४ का दिन अष्ट्रेलियाको क्यानबेरा ,एडिलेड र पर्थमा विभिन्न कार्यक्रमका साथ नेपाली टोपी दिवस मनाइयो । प्रवासी नेपाली  मञ्च साउथ अष्ट्रेलिया राज्य समितिले  एडिलेडमा आयोजना गरेको पदयात्रा  स्थानीय जोन मिलर रिजर्भबाट समुन्द्री किनार हुँदै सुरू भएको पदयात्रा एडिलेडको  ग्लेनेल बीच  पुगेर पुन: जोन मिलर रिजर्भमा आएर समापन भएको थियो । 
मञ्चले साउथ एडिलेडमा १०१८ सालदेखि टोपी दिवस मनाउँदै आएको छ ।

पदयात्रा पछि आयोजित कार्यक्रममा  साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदूत दिपक धमला , एनआरएनए  साउथ अष्ट्रेलिया संयोजक संजय पुरी, स्थानीय काउन्सिलर रेनुका लामा ,साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक आयोग सदस्य मञ्जु खड्का ,मञ्चका साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडी, एडिलेडको कार्यक्रमका संयोजक  अशोक केशी,प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडी लगायतका बक्ताहरुले  नेपाली संस्कृति जगेर्ना गर्न यस्ता खालका कार्यक्रमहरुले सहयोग पुग्ने बताउँदै प्रवासमा नेपाली संस्कृतिलाई स्थापित गर्न सबै क्रियाशिल रहनुपर्नेमा जोड दिए । उनिहरुले प्रवासमा हुर्केका नयाँ पुस्तालाई नेपाली परम्परा र संस्कृतिका बारेमा परिचित गराउन मद्दत पुग्ने उल्लेख गरे ।  


 
नेपाल न्यूज सँग कुरागर्दै मञ्चका प्रचार विभाग प्रमुख अशिम कोइरालाले आगामी बर्षमा यो कार्यक्रम लाई बार्षिक क्यालेण्डर मा समावेस गरेर अझ ब्यापक र प्रभावकारी रुपमा मनाईने बताए।  उनले यो बर्ष प्रवासी नेपाली  मञ्चको आयोजनामा एडिलेडको साथसाथै क्यानबेरा र पर्थमा पनि टोपी दिवस भब्य रुपमा सम्पन्न गरिएको जानकारी दिए । 


प्रवासी नेपाली मञ्च क्यानबेराले क्यानबेरा स्थित कमनवेल्थ पार्कमा आयोजना गरेको कार्यक्रममा प्रवासी नेपाली मञ्च अष्ट्रेलिया सदस्य किशोर भण्डारी,एसिटि राज्यका अध्यक्ष अभिषेक उप्रेती लगायतका वक्ताले नेपाली राष्ट्रिय पोशाक टोपीको गरिमा र महत्त्व का बारेमा आ आफ्नो  बिचार राखेका थिए ।कार्यक्रममा बार्बिक्यु तथा शुभकामना आदान प्रदान गरिएको थियो ।   

यसैगरी  पर्थमा सम्पन्न कार्यक्रममा एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका सल्लाहकार भैरव ढकाल, स्थानीय काउन्सिलर  शानाभास पिटर, एनआरएनए अष्ट्रेलियाका पूर्वउपाध्यक्ष कृष्णमान श्रेष्ठ,ओएनएफ ओशियाना सदस्य मधु पन्थी,ओएनएफ अष्ट्रेलियाका उपसचिव होमनाथ निरौला, एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष शेखर घिमिरे लगायले नेपाली राष्ट्रिय पोशाक टोपीको महत्व र गरिमाको बारेमा बोलेका थिए ।  

 

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:०७
प्रतिक्रिया दिनुहोस्