SSI SSI
SSI SSI

 बाँदर बिरामी भएर बाँच्न सक्दैन , एक रोचक जानकारी 


"बाँदर कहिल्यै बिरामी हुँदैन जब बिरामी हुन्छ, उसको मृत्यु निश्चित छ", बाँदर बिरामी भएर बाँच्न सक्दैन । बैज्ञानिकहरूले बाँंदरलाई बिरामी बनाउन विभिन्न प्रयोग गरे । प्रयोगमा बाँदरलाई सिरिन्जद्वारा अत्याधिक हानिकारक भाइरसहरू दिइयो तर बाँदर बिरामी भएन, अत्याधिक कोलेस्ट्रोल दिइयो तर बाँदरलाई Heart attaack भएन । बर्षौंसम्म बाँदरलाई बिरामी बनाउने बैज्ञानिकहरूको प्रयास असफल रह्यो । यसरी बाँदर किन बिमार हुँदैन त? बैज्ञानिकहरूले लामो खोज पश्चात यस रहश्यलाई थाहा पाए जुन कुरा आयुर्वेदका ज्ञाता बागभट्टले ३५ सय बर्ष अघि नै थाहा पाएका थिए । 
अझ धेरैलाई थाहा नहुन सक्छ , जब मानिस बिरामी हुन्छ डाक्टरले रगतको RH factor को विश्लेषण गर्छन् ।  बाँदरको रगतमा हुने RH factor को बराबर RH factor मानिसको रगतमा रहेमा उसको रगत सन्तुलित रहेको मानिन्छ। आखिर बाँदरको रगतको RH factor हमेशा सन्तुलित कसरी रहन्छ त ? बागभट्टले यसबारेमा मानिसलाई स्वस्थ रहनको लागी केहि शुत्रहरू लेखेका छन् । बागभट्टको यी शुत्रहरू र बाँदरको भोजन तालिका ठ्याक्कै मिल्छ । बाँदरले बिहान सुर्योदय पछि पेटभर खाना खान्छ । 


बाघभट्टको अनुसार -
१) हाम्रो शरिरको प्रत्येक अंगहरू कम र वेशी सक्रिय हुने निश्चित समय हुन्छ। जस्तो : पाचनक्रियाको लागी मुख्य अंग जठराग्नी सुर्योदय पछि बिहान ६ बजेदेखि साढे ९ बजेसम्म अत्याधिक सक्रिय हुन्छ र मुटु रातको २ बजे देखी ५ बजे सम्म अत्याधिक सक्रिय हुन्छ त्यसैले अध्ययन अनुसार ९५% हृदयघातको समस्या यही समयमा हुन्छ । मेरो अनुभवमा पनि अत्याधिक प्रेशर बढ्ने समय पनि यहि हो । heart attack ले मृत्यु हुने अत्याधिक मानिसहरूको समय रातको २ बजे देखी ५ बजेसम्म छ । 
बागभट्टले भन्छन्, जठराग्नी अत्याधिक सक्रिय हुने र  अग्नि पैदा गर्ने समय,  बिहान ६ बजे देखी साढे ९ बजेको समय भित्र बिहानको भोजन गर । 
स्वस्थ रहनको लागी खाएको भोजन पच्नुपर्छ । अत्याधिक रोगको मुल कारण खाएको भोजन पेटमा सड्नु हो ।
"भोजन पचे स्वस्थ, भोजन सढे रोग । "
मध्यान्हमा जठराग्नी अलि कम सक्रिय हुन्छ भने साँझ त्यो भन्दा कम, अबेर रातमा लगभग निष्क्रिय हुन्छ, त्यसैले बागभट्टले भने मध्यान्हमा अलि कम भोजन गर र साँझ त्यो भन्दा पनि कम भोजन गर । जस्तो बिहान साढे ९ बजे भित्र ८ ओटा रोटि खान्छौ भने मध्यान्हमा ४ ओटा र साँझ २ ओटा मात्र । अबेर रातमा जठराग्नी लगभग निष्कृय हुन्छ त्यसैले अबेर रात भोजन गर्नु रोगलाई निम्ता दिनु हो । अबेर रातको भोजन पेटमा सडाउनु हो । जठराग्नीले जति भोजन पचाउन सक्ने गरि सक्रिय हुन्छ त्यही अनुसार भोजन गर । 
डाक्टरहरू भन्छन, पेट खाली नराख टाइम टाइममा केहि न केहि खाइराख । यो शिक्षा पश्चिमाहरूको हो , युरोपमा अति ठन्डा हुन्छ, त्यहाँ -२० देखि -३० डिग्री शेल्सियस् सामान्य मानिन्छ जुन हामी यहाँ कल्पना गर्नै सक्दैनौ, त्यहाँ यसरी थोरै थोरै धेरैपटक खानु उचित हो तर यहाँ त्यसैको नक्कल गर्नु आत्मघाती हुन्छ । 
बागभट्टको प्रमुख दुइ ग्रन्थ छन , "अष्टांग संग्रह" र "अष्टांग हृदय संहिता" ; यि दुइ ग्रन्थ मार्फत उनका शरीर र स्वास्थ्य बिज्ञान सम्बन्धी ७००० शुत्रहरू  छन् । 
२)   ९०% भन्दा बढी रोग पेट बाट उत्पन्न हुन्छन् ।
३) पेटमा हुने बिकार सम्बन्धी लगभग १४८ किसिमको रोगहरू छन् । त्यसैले उनको सबैभन्दा ठुलो जोड शरीरको पाचनक्रियासंग सम्बन्धित छन् । 
अतः
४) “भोजनान्ते विषम वारि" , अर्थात भोजन लगत्तै पानी पिउनु विष बराबर छ किनकी हामिले खाने भोजनलाई जठराग्नीले पैदा गर्ने अग्नि वा तापले पचाउँनु पर्छ, भोजनको साथमा वा भोजन लगत्तै पानी खाएमा यो अग्नि निभ्छ वा सेलाउँछ फलस्वरूप भोजन पच्दैन र सड्छ । जब भोजन सड्छ यो ग्याँस बन्छ, जब यो ग्याँस अत्याधिक हुन्छ तब यसले छाती, घाँटी , पेट लगायत सम्पूर्ण शरीरमा जलन पैदा गर्छ , सम्पूर्ण शरीरमा ग्याँस पैदा भएपछी यो ग्याँस टाउकोमा पुग्छ र टाउको दुख्छ। यो ग्याँस लामो समयसम्म रहेमा अल्सर, अम्लता (acidity) देखी क्यान्सरसम्म हुन्छ ।  
५) खाना पेटमा सडेपछी यो कोलेस्ट्रोल बन्छ र यो कोलेस्ट्रोल रगतमा मिसिन्छ परिणामस्वरूप हृदय सम्बन्धि अनेक रोग लाग्छन् । अर्को कुरा शरीरमा भोजन पचुन्जेल कोलेस्ट्रोल बन्ने सम्भावना हुँदैन र मुटु सम्बन्धि समस्या हुँदैन। त्यसैले बागभट्टले भोजन भन्दा २ घन्टा अघि, भोजनसँग वा भोजन गरेको २ घन्टाको अवधिमा पानी पिउन हुँदैन भनेका छन् किनभने भोजन अघि पानी लिएमा जठराग्नीले पैदा गर्ने अग्नि निभ्छ अनि खाएको भोजन पच्न पाउँदैन ।
अहिले हामी अंग्रेजको गुलाम बनेका छौं जसको जिउँदो प्रमाण  एलोपैथिक चिकित्साको दबदबा हो । यो पश्चिमा खानपान र जिवनशैलीको अन्धाधुन्ध नक्कल हो। हामी के बुझ्दैनौ भने एलोपैथिक चिकित्सा पश्चिमाहरूको लागि आवश्यकता र बाध्यता हो किनकी त्यहाँं आयुर्वेदिक जडिबुटीहरू फल्दैनन्, अत्याधिक चिसो छ त्यसैले उनिहरुको भिन्न किसिमको खानपान, जिवनशैली,  लवाई खवाई र चिकित्सा पद्दती छ । त्यसैलाई हामीले अन्धाधुन्ध पछ्याउनु हदसम्मको मुर्खता  हो । मेरो दृष्टीमा यो त नीचता नै हो , नीचले अर्को नीचलाई नीचता देख्दैन रे गुलामले अर्को गुलामलाई गुलाम देख्दैन । 
आखिर हावापानी, मौसम, संस्कृति र परम्परा अनुसारको मौलिक राष्ट्रिय पोशाकको अपमान गरि जति सुकै गर्मीमा पनि टाइ-सुट लगाएर प्रगतिशिल, क्रान्तिकारी, अग्रगमनको दूत र मुक्तिदाता भई महाउल्लु कथित शिर्ष नेता भै रजाइ गरेको र  नेपाल यस्तै पटमूर्खहरूलाई आदर्श मानेर आफुलाई आधुनिक र देशभक्त ठान्ने लफङ्गाहरूको एक जमात भएको देश न पर्यो  ! 
आधुनिक मेडिकल साइन्समा प्लास्टिक सर्जरीलाई  अति आधुनिकतम प्रविधी मानिन्छ । जसमा शरीरको एक भागको अंग काटेर अर्को भागमा जोडिन्छ, आयुर्वेदमा प्लाष्टिक सर्जरीको प्रयोग हजरौं वर्ष देखी भैरहेको यो  विद्या आयुर्वेदमा नौलो होइन तर २०० वर्ष अघिसम्म पश्चिममा यसको कल्पना पनि थिएन, आर्यावर्तका वैद्यहरू मार्फत् सिकेका हुन् ।
यहाँ उठान गर्न खोजेको विषय के हो भने, एलोपेथिक चिकित्सा पद्धती पश्चिमाहरूको लागी आवश्यकता र बाध्यता भएता पनि हाम्रो लागि होइन तर पनि केहि उपयोगी हुन सक्छ । हाम्रो छुट्टै किसिमको हावापानी, छुट्टै किसिमको शारीरिक विषेषता, छुट्टै किसिमको जैविक स्थिती छ । पश्चिमको पूर्णतः यो भन्दा अलग छ , पश्चिमाले चाहेर पनि आयुर्वेदको विकास गर्न सक्दैनन् किनकी त्यहाँको हावापानीमा आयुर्वेदको लागि चाहिने जडिबुटी तथा विरुवाहरू पैदा हुँदैन, उनिहरूको एकमात्र विकल्प विभिन्न रसायनको उपयोग हो । त्यसैले पश्चिमाहरूले एलोपेथिक पद्धतीको विकास गरे। अब उनिहरूले आफ्नो आवश्यकता, परिस्थिती, हावा पानी अनुसार बाध्यतावश उपभोग गर्ने भोजन, चिकित्सा प्रणाली वा भेषभुषालाई भिन्न हावापानीमा जन्मेहुर्केका हामीले अन्धधुन्द नक्कल गर्नु मुर्खताको पराकाष्ठ हो ।
#साभार - सामाजिक सञ्जाल ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्