SSI SSI
SSI SSI

नेपालका वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधन 


सिड्नी । वरिष्ठ पत्रकार तथा पत्रकारिताका गुरु गोकुल पोखरेलको ८७ बर्षको उमेरमे यहि जवारी १ तारिख सोमबार बिहान  काठमाण्डौमा निधन भएको छ । त्रिभुवन बिश्व बिद्यालय अन्तर्गतको रत्न राज्य लक्ष्मी क्याम्पसमा स्नातक तहमा पत्रकारिता बिषय सस्थापक अध्यापक मध्येका एक पोखरेलले त्रिबिबिमा पत्रकारिता शिक्षालाई अगाडि बढाउँन र नेपाल प्रेस ईन्स्टिच्युट मार्फत पत्रकारिताको अध्ययन ,अनुसन्धान र  अध्यापनका क्षेत्रमा आफ्नो क्रियासिल जीवन समर्पण गरेका थिए । नयाँ पुस्तालाई अघि बढ्न हौस्याउने, ढाडस दिने र गलतलाई गलत भन्न सक्ने उहाँले पछिल्लो समय त्रिविको पत्रकारिता शिक्षा सुधारको अभियानलाई साथ दिएका थिए ।

नेपाली पत्रकारितामा व्यवहारिक शिक्षा र तालिमलाई संस्थागत गर्न नेपाल प्रेस इन्स्टिच्युटको स्थापना गरी नेपलामा सबैभन्दा प्रभावकारी पत्रकारिता तालिम र शिक्षा अभियान सञ्चालन गरेका गोकुल पोखरेलले नेपाल प्रेस इन्स्टिच्युटमार्फत् सूचनाको हक सम्बन्धिका ऐनको मस्यौदा गरेर तत्कालिन सरकारलाई बुझाएका थिए । पोखरेललाई नेपालको पत्रकारिता जगतले आदरणीय व्यक्तित्वको रुपमा सम्झिरहने छ ।

 यसैबीच पत्रकारिता तथा आम संचार बिभागले शोक बक्तब्य जारी गर्दै पोखरेल प्रति हार्दिक श्रध्दाञ्जली व्यक्त गरेको छ । बिगागका प्रमुख श्रीराम पौडेलद्वारा हस्ताक्षरित उक्त बक्तब्यमा नेपालको समग्र पत्रकारिता तथा पत्रकारिता शिक्षामा पोखरेलले पुर्याउनु भएको योगदान सधै स्मरणमा रहने उल्लेख गरिएको छ । 


गोरखापत्रका पूर्व सम्पादक पोखरेल  २०३७  वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक ,गोरखापत्रको साहित्यिक सहप्रकाशन मधुपर्क मासिकको २०३६ सालमा कामु सम्पादक बनेका पोखरेलले  २०३८ सालमा सम्पादकको जिम्मेवारी निर्वाह गरेका थिए । 
गोरखापत्रकै सहप्रकाशन मुना बालपत्रिकाको सुरुवातदेखि पोखरेल प्रधान सम्पादक भएका उनि २०४७ साल पुस अङ्कदेखि २०४८ साल मङ्सिर अङ्कसम्म मुनाको प्रधान सम्पादक भए । पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष भएर आफ्नो जिम्मेवारी पुरा गरे ।  त्यसैगरी उनले  राष्ट्रिय समाचार समितिका सम्पादक  राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानको  सदस्य भएर काम गरेका थिए ।  चार दशक भन्दा बढी समय करिव  पत्रकारिता क्षेत्रमा बिताएका पोखरेलको जन्म धनकुटाको कचिँडेमा भएको थियो । उनका श्रीमती, दुई छोरी र एक छोरा छन् ।

 वरिष्ठ पत्रकार गोकुल पोखरेलको निधनप्रति नेपाल न्यूज परिवार हार्दिक श्रध्दाञ्जली व्यक्त गर्दछ । 
 

प्रकाशित मिति: मंगलबार, पुस १७, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्