SSI SSI
SSI SSI

सन् २०२३ मा संसारभर १ सय २० पत्रकार मारिए भने नेपालमा ५८ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु भए

 

सिड्नी । अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे )ले सन् २०२३ मा विश्व भरका पत्रकार र संचारकर्मीहरुको अवस्थाका बारेमा तयार गरेको प्रतिवेदन सार्बजनिक गरेको छ ।   प्रतिवेदनमा सन् २०२३ मा राज्य ,बिद्रोही तथा अन्य पक्षबाट बिस्वभर १ सय २० पत्रकार र सञ्चारकर्मी मारिएका छन् । मारिनेहरुमा ११ जना पत्रकार महिला  छन् ।


आइफजेले गत डिसेम्बरको ८ तारिखमा संयुक्त राष्ट्रसंघ मानव अधिकार दिवस अघि मारिएका पत्रकारहरूको प्रारम्भिक सूची प्रकाशित गरेको थियो जसमा ९४ जनाको हत्या भएको उल्लेख थियो । वर्षको अन्त्यमा यो संख्या १२० पुगेको हो । इजरायल र प्यालेष्टाइनबीच गाजा क्षेत्रमा भइरहेको युद्धका कारण थप मुत्युको संख्या बढेको आइएफजेले जनाएको छ ।


आइएफजेका महासचिव महासचिव एन्थोनी बेलाङ्गरले  पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न पाउने सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व हो तर यस वर्षको घातक तथ्याङ्कहरूले पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षाको सवाललाई नराम्रो रूपमा चित्रण गरेको उल्लेख गरेका छन् । 
यस वर्ष मारिएका पत्रकारहरुमा गाजा द्वन्द्वमा मारिने ६८ प्रतिशत छन् । गाजा युद्धका कारण ७५ प्यालेस्टिनी, चार इजरायली, तीन लेबनानी पत्रकार मारिए । सिरियामा तीन सञ्चारकर्मी मारिएका छन् ।एसिया प्यासिफिक क्षेत्रका मुलुकहरु  भारतमा ३, अफगानिस्तानमा २ , फिलिपिन्समा २, बंगलादेशमा २, पाकिस्तानमा २ र चीन १ पत्रकार ले ज्यान गुमाएका छन् ।

त्यसैगरी उत्तर र दक्षिण अमेरिकामा गरी तीन मेक्सिकन, एक पाराग्वे, तीन ग्वाटेमाला, एक कोलम्बियन, एक होन्डुरन र एक अमेरिकी पत्रकार मारिए । आइएफजेले विश्वका सरकारहरूलाई पत्रकारहरूको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न अन्तर्राष्ट्रिय बाध्यकारी महासन्धिलाई तुरुन्तै अपनाउन समेत आह्वान गरेको छ ।
नेपालमा सन् २०२३ मा ५८ बटा प्रेस स्वतन्त्रता हननका घटनाहरु भएको नेपाल पत्रकार महासंघ ले जनाएको छ ।

महासंघका महासचिव रोसन पुरीद्वारा जारी बिज्ञप्तिमा नेपालको संविधानले प्रत्याभूत गरेको बिचार र अभिव्यक्ति स्वतन्त्रता संचारको हक तथा पूर्ण प्रेस स्वतन्त्रता लगायतका बिषयमा सरकार गम्भीर हुन तिनै तहका सरकारलाई सचेत गराएको छ। 

( स्रोत -विभिन्न न्यूज एजेन्सी )

प्रकाशित मिति: सोमबार, पुस १६, २०८०  ०७:३३
प्रतिक्रिया दिनुहोस्