SSI SSI
SSI SSI

प्रवासी नेपाली मंचले नयाँ बर्षमा एडिलेड र क्यानबेरामा टोपी दिवस मनाउदै 


सिड्नी । अँग्रेजी नयाँ बर्ष सन् २०२४ तथा टोपी दिवसका अवसरमा यहि जनवरी १ तारिख सोमबारका दिन प्रवासी नेपाली मंच साउथ अष्ट्रेलिया र एसिटी कमिटीले विभिन्न कार्यक्रम गर्ने भएको छ । अष्ट्रेलियामा जन्मेहुर्केका नेपाली मुलका बाबुनानीहरुलाई नेपालीको पहिचान र गौरवको रुपमा रहेको विस्वकै अद्वितीय टोपीको ऐतिहासिक महत्व र  यसको गरिमाको बारेमा जानकारी गराउने उद्देस्यले कार्यक्रम गर्न लागिएको आयोजक सस्थाले जनाएको छ । 
क्यानबेरास्थित कमनवेल्थ पार्कमा हुने कार्यक्रममा शुभकामना आदानप्रदानका साथसाथै बार्बिक्यु  र गीत संगीत प्रस्तुत गरिने छ ।

कार्यक्रममा उपस्थित भएर नेपालको सान र गौरवको रुपमा रहेको नेपाली टोपीलाई प्रबर्द्धन गर्न सबैसँग अनुरोध गरेको छ । कार्यक्रम अपरान्ह ३. ०० बजेदेखि सुरु हुनेछ । 
त्यसैगरी  प्रवासी नेपाली मंच साउथ अष्ट्रेलियाले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत जनवरी १ तारिख अन्तराष्ट्रिय नेपाली टोपी दिवस- पदयात्रा कार्यक्रम गर्ने भएको छ ।  अष्ट्रेलियन तथा विभिन्न देशका नागरिकहरुको  वाक्लो बसोवास रहेको एडिलेडको सामुन्द्रिक तटमा पदयात्रा गरिने छ ।

 आयोजक सस्थाका अनुसार नेपाल र नेपाली टोपीलाई अन्तराष्ट्रीय समुदायमा परिचित गराई नेपालीहरूको गर्विलो ईतिहास कायम राख्ने हेतुले कार्यक्रम गर्न लागिएको हो । प्रवासी नेपाली मंच साउथ अष्ट्रेलियाले सन् २०१८ बाट शुरू गरेको टोपी दिवस कार्यक्रम सन २०२४ मा सातौं संस्करणको रूपमा समुन्द्रि तटमा पदयात्रा गरि मनाउन लागिएको हो । 
साँझ ५.०० बजे देखि सुरु हुने पदयात्रामा सहभागी हरुलाई उपहार स्वरूप ढाकाको टोपी प्रदान गरिने छ ।  उपहार प्राप्त गर्नका लागि कार्यक्रमको फेसबुक ईभेण्ट शेयर गरेर तीन जना वा त्यो भन्दा बढीलाई ट्याग गर्नु पर्नेछ । 
 

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  ०६:५८
प्रतिक्रिया दिनुहोस्