SSI SSI
SSI SSI

थारु सोसाईटी सिड्नीले "माघी" महोत्सव गर्दै          

 

सिड्नी ।  थारू समुदायको महान चाड माघीका अवसरमा थारु सोसाइटी सिड्नीले यहि जनवरी १५ तारिख (माघ १ गते ) सोमबार  सिडनीमा चौथो माघी महोत्सव गर्ने भएको छ ।  यस पटकको महोत्सव बिबिध कार्यक्रम सहित मनाइदै छ ।  माघी पर्बलाई सभ्य र भब्य रुपले अनि हर्सोल्लासका  साथ मनाउने तयारी भईराखेको जानकारी सोसाइटीका पब्लिक अफिसर अरुणआर्यन चौधरीले दिएका छन् ।


उनका अनुसार  वे भ्यू एभिन्यू अर्लीवुड स्थित विटलाम पार्कमा अपरान्ह २ बजेबाट सुरु हुने सो  कार्यक्रममा थारू लाठी नाच, झुमरा नाच आदी नृत्य र थारू परिकारको व्यवस्था गरिने भएको छ । चौधरीका अनुसार थारू परिकारहरू ढिकरी, खिचरी, बंगुरको मासु, तिलको लड्डुको स्वाद लिन सकिनेछ । 
थारू रिति रिवाज अनुसारका नाचगान  र खानपिन सहित हुने सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाईटी सिड्नी अष्ट्रेलियाले सम्पूर्ण थारू समुदाय लगायत सबै नेपाली दाजु-भाई, दिदी-बैनीहरुलाई अनुरोध गरेको छ । 
कार्यक्रमको बारेमा थप जानकारी चाहिएमा सस्थाका पब्लिक अफिसर अरुणआर्यण चौधरीलाई ०४०१४३५९५९  वा संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई ०४११६८८७९८ मा सम्पर्क गर्न सकिने छ ।

प्रकाशित मिति: शनिबार, पुस १४, २०८०  ०७:४२
प्रतिक्रिया दिनुहोस्