SSI SSI
SSI SSI

शत्रुको तर्फबाट चीनको मानमर्दन उसको कमजोर स्थिति हो : चियाङ् काई–शेक


चियाङ् काइ–शेक (१८८७–१९७५) मूख्य भूमि चीनमा १९२८ देखि १९४९ सम्म राष्ट्राध्यक्ष भएर शासन चलाएका क्वोमिन्ताङ् (राष्ट्रवादी) पार्टीका नेता तथा चिनिया सेनाका प्रमुख थिए । १९१२ मा चिनका राष्ट्रपिता डा. सन् यात–सेन् (१८६६–१९२५) ले एउटा सानो पार्टीको नाम मन पराएर नवस्थापित पार्टीको नामका रुपमा सजाए ‘क्वोमिन्ताङ्’ । यही पार्टीले चीनमा गणतन्त्र स्थापना गर्यो । डा. सन् को इच्छा थियो, चीनलाई राष्ट्रियता, जनतन्त्र र समाजवादको बाटोबाट अघि बढाउने । उनको निधनपछि उनकै साढुभाई चियाङ् काई–शेकले क्वोमिन्ताङ्को नेतृत्व सम्हाले । सन् यात सेनको नेतृत्वकालमा क्वोमिन्ताङ् चीनको निकै प्रभावशाली र शक्तिशाली सत्तारुढ पार्टी थियो । धेरै कम्युनिस्ट समुह, किसान, मजदूर, जातीय समुदायको क्वोमिन्ताङ्मा ब्यापक संलग्नता थियो । जापानीहरूलाई चीनबाट धपाउनमा यस पार्टीले माओको कम्युनिस्ट पार्टीसँग मिलेर ठूलो भूमिका खेल्यो । यसका लागि चीनको चुङकिङ् मा १९३८ मा माओ र चियाङ्काबीच औपचारिक सहमति नै भएको थियो ।


जब चियाङ्ले उत्तराधिकारीका रुपमा क्वोमिन्ताङ्को नेतृत्व दिन थाले, तब नातावाद र परिवारवादले गर्दा क्वोमिन्ताङ्को प्रभाव विस्तारै खुम्चिन थाल्यो । तथापि माओको कम्युनिस्ट पार्टी कमजोर नै थियो । १९४९ मा खास चीनमा जनवादी गणतन्त्रको घोषणा भएपछि चियाङ् काईशेक विस्थापित भई आफ्ना ४ लाख समर्थक र सेना लिएर ताईवानमा शासन चलाउन थाले।
शुरूमा विश्वका धेरै मुलुकले चियाङको सरकारलाई बैधानिक सरकारको मान्यता दिएका थिए ।
चियाङ् की पत्नी सुङ् मेई–लिङ् (१८९८–२००३) सन् यात सेनकी साली हुन् जो प्रभावशाली महिला थिइन् । १९४३ मा जापानी आक्रमणका बिरूद्ध अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउन तत्कालीन सम्पन्न मुलुकको यिनले भ्रमण गरेकी थिइन् ।
दोस्रो जापानी आक्रमणपछि मन्चुरियन युद्ध सरदार झाङ् सुईलियाङ् ले चियाङ् काईशेकलाई अपहरण गरेर माओ नेतृत्वको कम्युनिस्ट पार्टीसँग मोर्चाबन्दी गरेर जापानी बिरुद्ध लड्न बाध्य बनायो । जापानीहरूलाई संयुक्त रुपमा परास्त गरेपछि कम्युनिस्ट पार्टीले क्वोमिन्ताङ्लाई पनि परास्त गर्यो । चियाङ् आफ्ना समर्थकहरू लिएर ताईवानमा शासन गर्न थालेपछि मूख्यभूमि चीनमाथि हमला गर्न धेरै प्रयास गरे ।
माओजस्तै चियाङ् पनि विवादास्पद व्यक्ति थिए । यिनी निकै गरिब परिवारबाट टुहुरोको रुपमा संघर्ष गर्दै उठेर चीनको शासन गरेका तानाशाह हुन् । क्वोमिन्ताङ्को सभालाई १९४५ मा संवोधन गर्दै यिनले एउटा निकै मार्मिक भाषण गरेका थिए । त्यो भाषणमा उनले बाबुको निधनपछि आमाले गरेको दुःख, गुण्डाहरूबाट भोगेको बलात्कार र अत्याचारलाई एक्लो रुपमा सामना गर्नुपरेको यस्तो मार्मिक बयान गरेका थिए :
" As you all know I was an orphan boy in a poor family. Deprived of any protection after the death of her husband, my mother was exposed to the most ruthless exploitation by neighbouring ruffians and the local gentry. The efforts she made in fighting against the intrigues of these family intruders certainly endowed her child, brought up in such environment, with an indomitable spirit to fight for justice. I felt throughout my childhood that mother and I were fighting a helpless lone war. We were alone in a desert, no available or possible assistance could we look forward to. But our determination was never shaken, nor hope abandoned."
यिनका धेरैवटा नाम थिए– जेनेरलिस्सिमो चियाङ्, चियाङ् चुङ् चेङ्, चियाङ् चिह्ये–शिह्, जियाङ् जियेशी आदि । यिनको निधन १९७५ मा, माओको निधनभन्दा १ वर्षअघि भयो । नेपालले ताईवानलाई मूख्यभूमी चीनको अभिन्न अंग हो भन्ने एक चीनको नीति लिएको छ ।


( चन्द्रमणि गौतमको फेसबुकबाट साभार )
 

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०६:२४
प्रतिक्रिया दिनुहोस्