SSI SSI
SSI SSI

अजि फाईनन्स पुरुष भलिबल प्रतियोगिताको उपाधि द गोर्खा स्पोर्ट्स क्लबलाई 


सिड्नी । अष्ट्रेलियामा नेपालीहरुको संख्या बढे संगै खेलकुद ,साँस्कृतिक कार्यक्रम ,भेटघाट लगायतका सामुदायिक गतिविधिहरु पनि बढ्दै गएको छ । खेलकुदको माध्यमद्वारा आपसी भाइचारा र सामाजिक सद्भाव कायम राख्दै नेपाली युवा हरुलाई मानसिक एबम् शारीरिक रुपमा स्वस्थ राख्न अष्ट्रेलियामा क्रियाशील स्पोर्ट्स  क्लबहरुको भूमिका महत्वपूर्ण रहदै आएको छ । 


यसै सिलशिलामा आफ्नो प्रथम बार्षिकोत्सवको अवसर पारेर  द गोर्खा स्पोर्ट्स क्लबले यहि डिसेम्बर २४ तारिख सिड्नीको लाकेम्बा स्थित अष्ट्रेलियन नेशनल स्पोर्ट्स क्लबमा एक दिवसीय प्रथम अजिफाईनन्स पुरुष भलिबल प्रतियोगिताको आयोजना गर्यो । भेट्रान्स (४० वर्षा माथि ) २ टिम ,सिड्नीको १३ र क्यानबेराबाट एक टिम गरि जम्मा १६ टिमले भाग लिएको सो प्रतियोगितामा आयोजक द गोर्खा स्पोर्ट्स क्लबले फाईनल खेलमा सनराइज़ टिमलाई ३-० को सोझो सेटमा हराई प्रथम उपाधि जित्यो । 


यहि प्रतियोगितामा भाग लिन आयोजक क्लबले नेपालका राष्ट्रिय खेलाडी बिशाल बहादुर बिक (पुलिस क्लबका ) लाई ल्याएको थियो भने प्रतियोगितामा दोश्रो स्थान प्राप्त गरेको सनराइज़ टिमबाट नेपालका पूर्व राष्ट्रिय खेलाडीराजु शेरचनले खेलेका थिए । शेरचन बिगत करिव तीन वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । 

प्रतियोगितामा  सर्वोत्कृष्ट खेलाडि र अनुशासित खेलाडी बिशाल बहादुर बि क, उत्कृष्ट उदयमान खेलाडी शुभमदिशा मगर , सर्वोत्कृष्ट लिबेरो दिवश गुरुगं , सर्वोत्कृष्ट सेटर प्रकाशफाल मगर, सर्वोत्कृष्ट सर्विसर प्रेम के सी र सर्वोत्कृष्ट प्रशिक्षक दिपेन्द्र राई घोषित भए भने सर्वोत्कृष्ट ब्लकरको उपाधि सनराइज़ क्लबका राजु थकाली र सर्वोत्कृष्ट स्पाईकर छन्त्याल क्लबका तिलक छन्त्यालले हात पारे । भेट्रान्स भलिबल प्रतियोगितामा नेप्लीज रिक्रियशन क्लबले प्रथम स्थान प्राप्त गर्यो ।  

अजी फाईनान्स मुख्य प्रायोजक रहेको सो प्रतियोगितामा बिजेताहरुलाई ट्रफी, पदक र प्रमाण पत्रको साथमा पहिलो  भएको टिमलाई ३ हजार ५ अष्ट्रेलियन डलर प्रदान गरियो भने दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टिमलाई  क्रमश १ हजार ५ सय ५ र ५ सय ५ अष्ट्रेलियन डलर प्रदान गरियो । प्रतियोगिताको फाईनल खेल पछि सम्पुर्ण बिजयी खेलाडि, अफिसियल रेफ्री तथा शुभचिन्तक हरुलाई प्रमुख अथिति अजि फाईनन्सका प्रबन्ध निर्देशक बिष्णु हमालले पुरस्कार ,ट्रफी र प्रमाण पत्र प्रदान गरे ।  


नेपाल न्यूजसंग कुरागर्दै अजि फाइनान्सका प्रबन्ध निर्देशक  बिष्णु हमालले  सामाजिक सद्भाव कायम गर्ने र समाजमा एकता कायम गर्ने यस्ता खालका कार्यलाई सहायोग गर्नु आफुहरुको सामाजिक दायित्व भएको र त्यसलाई निर्वाह गर्न सदैव ईमान्दार प्रयास गर्ने बताए । उनले  अजि फ़ाइनान्सलाई यो अवसर प्राप्त भएकोमा आयोजक सस्थालाई धन्यबाद दिदै आगामी दिनमा पनि यस्ता खालका प्रतियोगिताहरुमा अजि फ़ाइनान्सको साथ र सहयोग रहने उल्लेख गरे । 

 आयोजक द गोर्खा स्पोर्ट्स क्लबका अध्यक्ष दिपेन्द्र राईले प्रतियोगितालाई भब्य र सभ्यका साथ  सम्पन्न  गर्न सहयोग पुर्याउने सबै प्रति धन्यबाद व्यक्त गर्दै  खेलकुद र भलिबल क्षेत्रमा  क्लबले  आगामी दिनमा अझ बिस्तार गर्दै जाने प्रतिबद्दता जनाए । 

प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्