SSI SSI
SSI SSI

नेपाली राष्ट्रिय टिमका ओपनर कुशल भुर्तेललाई सिड्नीमा सम्मान 


सिड्नी ।  क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलियामा रहेका क्रिकेटर कुशल भुर्तेललाई  गैरआवासी नेपाली संघ न्यू साउथ वेल्स र असल्याण्डले  संयुक्त रुपमा सम्मान गर्यो । यहि डिसेम्बर २३ तारिख शनिबार सिड्नीको ग्र्यानभिलमा आयोजित एक समारोहका बीच उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा एनआरएनए ओसियानाका संयोजक दिनेश पोखरेलले खेलाडीहरुलाई आवस्यक तालिम अनि अवसर प्रदान गर्न समन्धित निकायले प्रभावकारी भूमिका खेल्नुपर्ने खाचो औल्याए ।  गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका उपाध्यक्ष एवम् न्यू साउथ वेल्सका संयोजक विनोद कुँवरले  नेपालको क्रिकेटको विकास र खेलाडिको भविष्यलाई नै केन्द्रमा राखेर आफूले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न  १७ मा  एक्स्ट्राटेक क्रिकेट मैदान निर्माण गरिरहेको बताउदै क्रिकेट खेलको बिकास र खेलाडीको ब्रित्ती बिकासको लागि आफु सदैव लागिपर्ने प्रस्ट पारे ।  


सो अवसरमा क्रिकेटर कुशल भुर्तेलसंग सिड्नीका नेपाली समुदायका प्रतिनिधि एबम खेल प्रेमीहरुले अन्तरक्रिया गरेका थिए । 

 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्