SSI SSI
SSI SSI

२०५६ साल बैशाखदेखि बन्द रोप–वेको इतिवृतान्त

वि.संं. २०१९, काठमाडाैंको टेकुमा रोप-वे टर्मिनल भवन निर्माणमा खटिएका श्रमिकहरू । नियालेर हेर्ने हो भने तस्बिरको बायाँतर्फ मध्यक्षेत्रमा स्वयम्भू महाचैत्य देख्न सकिन्छ ।
अमेरिकी सहयोग नियोग यूएसएडको सहयोगमा २०२१ सालमा तयार भएको काठमाडाैं-हेटाैंडा रोप-वेमा दैनिक २२ टन विशेष गरि तरकारी र अन्य सामान ४ घण्टा १२ मिनेटमा हेटाैँडाबाट काठमाण्डाैको टेकुसम्म आइपुग्दथ्यो ।
रोप-वेले काठमाडौंबाट हेटौंडासम्म प्रतिघण्टा ११ टन सामान बोक्न सक्थ्यो भने हेटौँडाबाट काठमाडौंसम्म प्रतिघण्टा २२ टन सामान ढुवानी गर्न सक्दथ्यो ।
रोप-वेको सुरुको क्षमता २५ टन भएपनि पछि क्षमता घटेर २२ टन थियो । 
सडक मार्ग खुलिसकेको भएतापनि पक्की नभैसकेकोले वर्षायाममा मालसामान ढुवानीमा कुनै अवरोध नहोस भनि २०२१ सालमा अमेरिकी सहयोग नियोगले ६४ लाख डलरमा रोपवेको लम्बाइ बढाउन आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको थियो । (चन्द्रशमशेर १९८४ ताका रोप-वे बनाएकै स्थान नजिकैबाट यो रोप-वे बनेको थियो । जुन २०१५ सालमा बन्द भएपछि अमेरिकी सरकारको सहयोगमा सुधारिएको नयाँ रोप-वे बनेको हो ।)
२०५० सालमा बाढीले त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्ग क्षत विक्षत बनाउँदा यो रोप-वेले मालसामान काठमाण्डाै पुर्याउन निकै सघाउ पुर्याएको थियो । तत्कालीन समय रोप-वे सञ्चालन हुँदा सामग्री ओसारपसारका लागि तीन दिनसम्म पालो कुर्नुपर्ने अवस्था थियो भनिन्छ । 
२०५१ साल (बन्द नहुन्जेल) सम्म रोप-वेले प्रति केजी ३४ पैसामा सामान ढुवानी गर्दै आएको थियो । श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सञ्चालित रोपवे सेवामा ९ सय जना रोजगार थिए, तत्कालीन समयमा ४ लाख खर्च गरी बनाएको भए रोप-वे सञ्चालन गर्न सकिथ्यो बन्द हुनुमा आर्थिक साथै प्राविधिक कारण पनि रहेको छ ।
वैकल्पिक मार्ग नखुलेको भए सरकारलाई मालसामान ढुवानीको विकल्प नहुने र रोप-वे सञ्चालन गर्नै पर्ने कर लाग्थ्यो फेरि सरकारले वैकल्पिक उपाय पाएपछि रोप-वे संचालन हुन सकेन् ।
अन्ततः २०५६ साल बैशाखदेखि बन्द रोप-वे सरकारले २०५९ सालमा मन्त्रिपरिषद्को निर्णयबाट खारेज नै गर्यो ।
९ सय कर्मचारीको रोजगारी खोसियो, मालसामान ढुवानीमा हुने सहजता हट्यो ।  एक किलो सामाग्रीको ५ पैसामा ढुवानी हुने गरेकोमा सामग्री ओर्सादा प्रतिकिलो एक पैसामात्र खर्च हुने गरेको रोपवेको छेउछाउका बासिन्दाको अभुवभ छ । 
त्यतिबेलाका बासिन्दाहरु रोप-वे स्थापनालाई नयाँ युगको सुरुवातको रुपमा लिने गर्दथे र यसको प्रशंसा नगर्ने कमै मानिस भेटिन्थे । तर अहिले तारमा झुण्डिएका डब्बाहरुमा झार उम्रिएका छन्, रोप–वेका लट्ठालाई ढलान र गारोभित्र पारेर घर बनाउनसमेत भ्याइसकेको देख्दा सरकार त के जनता पनि यसको मृत्यु नै चाहन्छन् भने जस्तो देखिन्छ। निजीकरण गरेर चलाउने सल्लाह र हल्लाहरू पनि हराइसके। पहिलो आवधिक योजनामै यत्रो उपलब्धि हात पारेको नेपालले १५औं योजनासम्म आइपुग्दा देशैभरि यस्ता रोप-वेहरू बनाउनुपर्नेमा भएको एउटालाई पनि बचाउन सकेन । 
यति राम्रो प्रविधिलाई विस्तार गर्नुको साटो पहाड छियाछिया पार्ने 'डोजर संस्कृति' देशैभरि फस्टाएको छ। डोजरले कति पहिरो चलायो, कति पानीका स्रोत सुकायो, कुनै लेखाजोखा छैन्। 
करिब ६१ वर्षअघि रोप-वेका लागि टर्मिनल बनिरहेको यो स्थान अहिले कस्तो अवस्थामा होला ? तस्बिरसहितको प्रतिक्रिया हेर्न साथीहरूले सहयोग गर्नुहोला भन्ने अपेक्षा..  
📸 John Keith | संकलनः Photo Museum Nepal-साभार फेसबुक 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०६:४०
प्रतिक्रिया दिनुहोस्