SSI SSI
SSI SSI

अकल्याण्डमा १७ जना नेपालीले रक्तदान गरे 


सिड्नी । नेप्लिज ब्लड डोनर्स एसोसियसन न्युजिल्याण्डले यहि डिसेम्बर  २१ र २३ तारिख न्युजिल्याण्डको अकल्याण्डमा रक्तदान जीवनदान कार्यक्रमको आयोजना गर्यो ।  अकल्याण्ड स्थित न्युजिल्याण्ड ब्लड सर्भिस सेन्टरमा भएको सो कार्यक्रममा चार जना महिला सहित १७ जनाले रक्तदान गरेका थिए । नेपालमा दर्ता भई विश्वका अठार देशमा आफ्नो सञ्जाल बिस्तार गरेको नेप्लिज ब्लड डोनर्स एसोसियसनसँग आबद्दता रही यहि बर्षदेखि न्युजिल्याण्डमा रक्तदानलाई सस्थागत रुपमा सुरु गरिएको हो । 


नेपाल न्यूजसंग कुरा गर्दै नेप्लिज ब्लड डोनर्स एसोसियसन न्युजिल्याण्डका अध्यक्ष रामराज ओलीले रक्तदान कार्यक्रमलाई आगामी बर्षदेखि न्युजिल्याण्डमा राष्ट्रिय रुपमा बर्षको दुई पटक रक्तदान कार्यक्रम गरिने बताए । रक्तदान जस्तो मानविय सेवालाई प्रवासमा निरन्तरता दिन यहाको नेपाली समाजबाट प्राप्त साथ र सहयोग रहने बिस्वास व्यक्त गरे ।

अध्यक्ष ओलीले  जीवन बचाउनको लागि आफ्नो समय र रगत दान गर्ने रक्तदाताहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै  निस्वार्थ कार्यले ठूलो प्रभाव पारेको छ र धेरैको जीवनलाई छोएको बताए ।

उनले रक्तादाताहरुको  उदारता र दयालुपन बेवास्ता नगरेको बताउदै  तपाईंहरुको दान गर्ने इच्छाले खाँचोमा परेका बिरामीहरूलाई मात्र मद्दत गरेको छैन, तर यसले सकारात्मकता र आशाको लहर पनि सिर्जना उल्लेख गरे ।


 रक्तदान कार्यक्रममा दाताहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्