SSI SSI
SSI SSI

तमु समाज सिड्नीले ल्होछार मनाउदै 

 

सिड्नी ।  गुरुङ् परम्परा र संस्कृतिको सम्बर्धन र बिस्तार गर्दै आएको तमु समाज सिड्नीले आगामी जनवरी ६ तारिख शनिबार सिड्नीको हर्सभिलस्थित मरना हलमा बिबिध कार्यक्रमका साथ ल्होछार मनाउने भएको छ ।  गुरुङ् परम्परा र संस्कृति ,भाषा र भेषभुषा झल्कने गरी यसबर्ष मनाउन लागिएको ल्होछारमा  बृहत सांस्कृतिक कार्यक्रमको साथसाथै एकापसमा शुभकामना आदानप्रदान गरिने सो सस्थाले जनाएको छ ।

लामा गुरुहरुबाट मन्त्राच्चोरण गरी  बौद्ध पुजाबाट सुरु हुने सो कार्यक्रममा तमु जातिको मौलिक पारम्परा र सस्कृति झल्कने गीत संगीत र नृत्य को अलवा  प्रहसन प्रस्तुत गरिने छ । 
गुरुङ जातीले  ल्होछारलाई नयाँ बर्षको रुपमा  मनाउने गर्दछन् जहां “ल्हो” को अर्थ बर्ष  र “छार”को अर्थ सर्ने हो । ल्होछारमा बाँदर, सर्प, कुकुर, घोडा, गिद्द्, बिरालो, मुसा, गाइ, भेडा, मृग, बाघ, चरा सहित १२ पशुपंक्षिहरुलाई हरेक बर्ष छुट्टाछुटै पुजा गर्ने गरिन्छ । सोहि अनुसार यस बर्ष नेपाल र  संसारभर रहेका तमुहरुले “मुप्रिल्हो” अर्थात “गिद्द बर्ग” रुपमा ल्होछार मनाउदै छन् । सन् १९९६ मा स्थापना भएको तमु समाज सिड्नीले हरेक बर्ष विभिन्न कार्यक्रमका साथ ल्होछार मनाउदै आएको छ । 
 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्