SSI SSI
SSI SSI

सिड्नीमा 'सिर्जना संगम' साहित्यिक कार्यक्रम गरिने

 

सिड्नी । शब्दाङ्कुर बुक्स एन्ड पब्लिकेशन र Gurkha Nepalese Community Inc.(जि. एन. सी.) को संयुक्त आयोजनामा अष्ट्रेलियामा नेपाली साहित्यको प्रबर्द्धन तथा नेपाली साहित्यकारहरूको योगदानको कदर गर्ने उद्देश्यका साथ 'सिर्जना संगम' कार्यक्रम हुने भएको छ । कार्यक्रममा साहित्यकारहरू ज्ञानुवाकर पौडेल, डा. विजय सुब्बा र भोगेन्द्र लिङ्देनले कविता तथा गजल वाचन गर्ने छन् भने अतिथि कलाकार सुष्मा गुरुङले गीत प्रस्तुत गर्नेछिन् । 


कार्यक्रमका बारेमा नेपाल न्यूजसंग कुरा गर्दै   कार्यक्रमका  संयोजक प्रकाशचन्द्र निङ्लेखुले विदेशमा रहेका नेपालीहरुमाझ  सबैमा 'साहित्य, कला र संस्कृति: सबैको साझा सम्पत्ति' भन्ने भावनालाई जोड दिनु नै कार्यक्रमको मुख्य उद्देस्य रहेको बताए । 
सिड्नीको ग्र्यानभिलस्थित  डिगर्स क्लबमा आगामी  जनवरी ६ तारिख हुने सो कार्यक्रम  दिउँसो २ देखि ४ बजेसम्म संचालन हुनेछ । कार्यक्रममा सहभागिता जनाएर नेपाली  साहित्य, कला र संस्कृतिको जगेर्ना गर्ने कार्यमा योगदान पुर्याउन आयोजक सस्थाले सम्बद्ध सबैसंग आग्रह गरेको छ । 

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्