SSI SSI
SSI SSI

फेन्काको अध्यक्षमा बोम योञ्जन

सिड्नी, सेप्टेम्बर १

फेडेरसन अफ नेप्लीज कम्युनिटी एशोसियसन्स अफ अष्ट्रेलिया (फेन्का) को चौथो साधारण साधारण सभाले बोम योञ्जनको  अध्यक्षतामा  नयाँ कार्य समिति चयन गरेको छ।

सिड्नीको रकडेलस्थित एभरेष्ट तन्दुरी फंक्सन सेन्टरमा सम्पन्न साधारण सभाले  उपाध्यक्षमा डा. मधु पुडासैनी, सचिवमा कपिल पाण्डे, कोषाध्यक्षमा राजन कोईरालालाई चयन गरेको हो।

त्यसैगरी संस्थाको  प्रवक्तामा  भोला गिरी, सहसचिवमा  डा. प्रकाश पौडल, सह कोषाध्यक्षमा  डा. बिनोद दाहाल, सह प्रवक्तामा  जीवन राना चयन भएका छन्।

संस्थाका अनुसार न्यू साउथ वेल्स राज्य संयोजकमा  विष्णु हमाल, भिक्टोरिया राज्य संयोजमा दिक्पालदेब पंगेनी, साउथ अस्ट्रेलिया संयोजकमा  शुरेन रेग्मी, वेस्टर्न अस्ट्रेलिया राज्य संयोजकमा  योगेन्द्र थापा र   सुरेश पौडेललाई एसीटीमा  राज्य संयोजकको  जिम्मेवारी तोकिएको छ। 

कार्यक्रममा अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाश राज पोखेरलले अस्ट्रेलियामा स्थापना भई नेपाली समुदायको दुःख सुखका साथी बन्दै आएका संघ सस्थासँग सहकार्य र हातेमालॊ गर्दै फेन्का अगाडि बढिरहेकोमा कार्यान्वयनको तहमा पुर्‍याउन दूताबासले आफ्नो भूमिका खेल्ने आश्वासन दिए। 

सो अवसरमा फेन्काका निवर्तमान अध्यक्ष डा. कृष्ण हमालले आफ्नो कार्यकाललाई सफल बनाउन साथ र सहयोग गर्ने सबैप्रति धन्यबाद दिँदै संस्थाले लिएको उद्देस्य प्राप्तिको लागि आफूले नेतृत्व बाहिर रहेर पनि सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरे।  कार्यक्रममा  न्यू साउथ वेल्स संयोजक विष्णु हमाल, खोज अनुसन्धान समितिका संयोजक डा. राजु अधिकारी ,भुटान टु ब्ल्याकटाउन पुस्तकका लेखक ओम ढुंगेल, डा मधु पुडासैनी र हेमंग शर्मा लगायतका बक्ताहरुले फेन्का को बिबिध पक्षका बारेमा आ आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा  न्यू साउथ वेल्स राज्यका तल्लो सदनका सदस्य  मार्क क्वर, सांसद राइड सदस्य  जोर्डन लेन, लिबरल पार्टी विधायक परिषद सदस्य ज्याकी मुनरो लगायतको उपस्थिति थियो। 

साधारण सभामा सम्पन्न भएको  बन्द सत्रमा अस्ट्रेलियाका विभिन्न राज्यमा क्रियासिल नेपाली सामुदायिक संघ संस्थाका प्रतिनिधिहरुको सभाभागिता रहेको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  ०४:२४
प्रतिक्रिया दिनुहोस्