SSI SSI
SSI SSI

एनआरएनए आइसीसीको विभिन्न पदमा मनोनयन   


सिड्नी । गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (आइसीसी) को यहि डिसेम्बर १७ तारिख आईतवार बसेको बैठकले बिभिन्न पदमा मनोनयन गरेको छ ।
 संघका अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा भएको पदाधिकारी बैठकले संघको केन्द्रीय सदस्यहरु (आइसीसी), सल्लाहकारहरु, अनुशासन समिति, विधान समितिमा मनोनयन गरेको संघका प्रबक्ता फणिन्द्र पन्तद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ । 
  अष्ट्रेलियाबाट  पूर्णनाथ घिमिरे , रामप्रसाद घिमिरे र हेमन्त काफ्ले मनोनयनमा परेका छन् भने अमेरिकाबाट रविन बज्राचार्य , मनिता ढुंगाना , ईश्वरी भट्ट , भुवन आचार्य , विनोद भट्ट र डा अन्जु खरेल लाई मनोनय गरिएको छ ।  त्यसैगरी यूकेबाट चिरन शर्मा , डा. मुकुन्द बाँस्तोला र सरस्वती केसी , जापानबाट बाबुराम भण्डारी र सरिता ढकाल , इजराइलबाट ज्योति शर्मा , कोरियाबाट डा सञ्जु पौडेल ,कतारबाट विनेश तामाङ , युएईबाट तारानाथ बोहरा एमडी , बेल्जियमबाट अर्जुन गुरुङ , पोर्तुगलबाट शान्ति अर्याल अधिकारी र क्यानाडाबाट सम्राट थापा लाई मनोनित गरिएको छ ।

त्यसैगरी बैठकले अष्ट्रेलियाका रमेश पाण्डे , नारायण काफ्ने,भैरव ढकाल र  दिनेशराज जोशीलाई सल्लाहकारमा मनोनयन गरेको छ । त्यसैगरी  अतुल कोईराला (नेपाल), ओम गुरुङ (जापान), चिरनजीबी ढकाल (यूके), डा. देवि वस्नेत (कोरिया), प्रीतम श्रेष्ठ ( हंगकंग  ), सूर्य गुरुङ (यूके), गोविन्द गौतम (रुस), टेकराज निरौला (रुस), हिराधन राई (यूके), संजय थापा (अमेरिका), शिव वरुवाल (बेल्जियम), टिबी कार्की (कतार), कलममणी गुरागाई (कतार), होमनाथ शर्मा (कतार), डा. सन्जिव सापकोटा (अमेरिका), यमुना भट्टराई (अमेरिका) र रमेश थापा (क्यानाडा) लाई संघको सल्लाहकारमा मनोनित गरेको छ 

बैठकले अनुशासन समितिको संयोजकमा संघका पूर्व महासचिव रतन झा (अमेरिका) लाई चयन गरेको छ । विधान समितिमा भवानी ओली (अष्ट्रेलिया), विधान व्याख्या समितिमा भूषण घिमिरे, भवानी ओली र मुकुन्द प्रसाद पौडेल (नेपाल) रहेका छन् । विज्ञप्तिका अनुसार संघको विधानको धारा २२ को दफा १४ को उपदफा १ बमोजिम २१ जनालाई संघको अन्तराष्ट्रिय परिषदको सदस्यमा मनोनयन गरिएको हो । संघका अनुसार विधान अनुरुप केन्द्रीय पार्षदहरुको मनोनयन अर्को बैठकले गर्ने छ । 
वैठकले अष्ट्रेलिया क्षेत्रीय युवा उपसंयोजकमा दिपेन्द्र हमाल र युरोप क्षेत्रीय उपसंयोजक प्रकाश दंगलाई मनोनयन गरेको छ ।

प्रकाशित मिति: सोमबार, पुस २, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्