SSI SSI
SSI SSI

सगरमाथा आरोही अष्ट्रेलियन नागरिकलाई क्यानबेरामा सम्मान 


सिड्नी ।  विश्वको सर्बोच्च शिखर ( ८,८४८ मिटर अग्लो ) सगरमाथाको सफल आरोहण गरेका अष्ट्रेलियालॆ आरोहीहरुको सम्मनमा क्यानबेरा स्थित नेपाली राजदुतावासले यही डिसेम्बर ११ तारिख सोमबार एक कार्यक्रम गर्यो । अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर अष्ट्रेलियन हिमालयन फ़ाउण्डेसनको सहकार्यमा राजदुतावास द्वारा आयोजित “ Mount Everest Summiteer’s Felicitation Program - Promoting Nepal " कार्यक्रममा सन् १९८४ मा सगरमाथा आरोहण गर्ने पहिलो अष्ट्रेलियन नागरिक Greg Mortimer , सन् २०२२ की  सबैभन्दा कान्छी आरोही Gabrielle Kanijay लगायतका ३७ (सैतिस) जना आरोहीहरुलाई सम्मान गरियो । सम्मानित ३७ जना आरोहिमा ७ जना महिला आरोही थिए ।  हाल सम्म १ सय २५ जना अष्ट्रेलियन नागरिकले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।  


आरोहीहरुलाई सम्मान गर्दै अष्ट्रेलियाका लागि नेपालका राजदुत कैलाशराज पोखरेलले नेपालको पर्यटनको बिकासमा अष्ट्रेलियन पर्यटकहरुले पुर्याउदै आएको योगदान बिशिष्ट रहदै आएको बताउदै सगरमाथा आरोहिहरु बास्तवमै नेपालको पर्यटनको ब्राण्ड एम्बेसडर रहेको उल्लेख गरे । उनले यस्तो सम्मान कार्यलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिइने बताए ।  सम्मानित आरोहीहरुले सगरमाथा सफल आरोहणको क्षण र अनुभवलाई शब्दमा व्यक्त गर्न नसकिने उल्लेख गर्दै  नेपाल वास्तवमै धर्तीको सुन्दर टुक्रा रहेको आफुहरुले अनुभव गरेको बताए । उनीहरुले पर्याबरणमा आएको ह्रास र परिवर्तनले हिमाली क्षेत्रको सौन्दर्यतालाई स्खलित बनाएकोप्रति चिन्ता व्यक्त गर्दै वातारणको सन्तुलन कायम राख्न समन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए ।  

कार्यक्रममा भाग लिन बिमान चालक  Greg Mortimer ले आफैले जहाज उडाएर क्यानबेरा पुगेका थिए भने  २०२२ मा संगै सगरमाथाको सफल आरोहण गरेका  Jane Kanijay र उनकी छोरी Gabrielle,सर एडमण्ड हिलारीको नाति जर्ज हिलारी , विश्वका ८ हजार भन्दा अग्ला १४ ओटा हिमालहरुको सफल आरोही एन्ड्रु लक लगायतका आरोहीहरुको सहभागिता रहेको थियो । 


 सन् १९५३को मे २९ मा सर एडमण्ड हिलारी र तेन्जिंगनोर्गे शेर्पाले पहिलो पटक सफल आरोहण गरेको सगरमाथामा जनवरी २०२३ सम्म ६,३३८ (छ हजार तिन सय अठतिस) जनाले सगरमाथाको चुचुरोमा आफ्नो पाइला राख्न सफल भएका छन् । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २७, २०८०  १५:५९
प्रतिक्रिया दिनुहोस्