SSI SSI
SSI SSI

जनसम्पर्क समिति अष्ट्रेलियाको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न 


सिड्नी । जनसम्पर्क समिति अष्ट्रेलियाले नेपाली कांग्रेसका नेता तथा सासद उदय साम्शेर राणासँग भेटघाट तथा छलफल कार्यक्रम आयोजना गर्यो । यहि डिसेम्बर ८ तारिख शुक्रबार सिड्नीको ग्र्यानभिलमा आयोजित भेटघाट  कार्यक्रममा बोल्दै नेता राणाले नेपालको आर्थिक तथा सामाजिक बिकासमा गैर आवासिय नेपालीहरुले पुर्याएको योगदान महत्वपूर्ण रहदै आएको बताए ।  उनले एक पटकको नेपाली सधैको नेपाली भन्ने एनआरएनएले लिएको लक्षलाई सम्बोधन गर्नेगरी नेपाल सरकारले गैर आवासिय नेपाली  नागरिकताको व्यवस्थालाई कार्यान्वयन गरेको बताउदै नेपालमा लगानी गर्न आग्रह गरे ।  


एनआरएनए अन्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष बिनोद श्रेष्ठले एन आर एन ले अगाडि बढाएका बिकास परियोजना तथा कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकार र राजनीतिक दलहरुको सहयोगी भूमिका हुनुपर्नेमा जोड दिए । एनआरएनएओसेनियाका संयोजक दिनेश पोखरेलले गैर आवासिय नेपालीलाई नेपालमा लगानीको बातावरण बनाउन र सुनिस्चित पार्न नेपाल सरकारले आवश्यक नीति र कानुन बनाउनु पर्ने खाचो औल्याए ।

 जनसम्पर्क समिति अष्ट्रेलियाका अध्यक्ष सुरेश रणसिंह गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष नन्द गुरुङ ,पूर्व उपाध्यक्ष देब गुरुङ ,ओएनएफका अध्यक्ष केशब जोशी , शैक्षिक ब्यबसायी संजीव शर्मा ,जनसम्पर्क समिति  एनएसडब्लुका संयोजक सितल गिरी ,जनसम्पर्क समिति एसीटीका संयोजक ललित मल्ल र  मेल्बर्नका देबेन्द्र बस्नेत लगायतका बक्ताहरुले आ आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । 
कार्यक्रमको संचालन आयोजक सस्थाका महामन्त्री रोहित खड्काले गरेका थिए ।  
 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  ०९:०१
प्रतिक्रिया दिनुहोस्