SSI SSI
SSI SSI

एडिलेड नेपाली विद्यालयको प्रधानाध्यापकमा एलिजा ढकाल चयन 


सिड्नी ।  सन् २०१५ देखि संचालनमा आएको एडिलेड नेपाली विद्यालयको आगामी दुइ बर्षका लागि नयाँ व्यवस्थापन समिति (२०२४-२०२६ )गठन गरिएको छ ।  यही डिसेम्बर २ तारिख शनिवार सम्पन्न अभिभावक भेलाले समिति गठन गरेको हो ।  एथनिकल स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियामा दर्ता भै निरन्तर रुपमा एडिलेडमा रहेका दोश्रो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा तथा संस्कृतिको पठन पाठन गराउदै आएको छ ।

एडिलेड नेपाली समाज अन्तर्गत संचालित विद्यालयका लागि समाजको विधान तथा एथनिकल स्कुल एसोसियसन अफ साउथ अष्ट्रेलियाको नियम बमोजिम गठित व्यवस्थापन समितिमा बिद्यालयको प्रधानाध्यापकमा  एलिजा ढकाल, बिद्यालय प्रशासकमा  सन्दिप बस्नेत र सहायक प्रधानाध्यापकमा  रन्जिता सापकोटालाई चयन गरेको एडिलेड नेपाली समाजले जनाएको छ ।  त्यसैगरी समितिको सदस्यहरुमा लक्ष्मी सापकोटा आचार्य, सुधा किरण सापकोटा, हिमालराज कडेल, युवराज पहाडी, सन्तोष गौतम, प्रदिप निरौला, राम प्रसाद सिम्खडा लाई चयन गरिएको छ ।  

एडिलेड नेपाली समाजका अध्यक्ष देवराज कडेलको अध्यक्षतामा भएको अभिभावक भेलामा विद्यालयकी संस्थापक प्राचार्य तथा साउथ अष्ट्रेलिया सरकारको बहुसास्कृतिक आयोग सदस्य मञ्जु खड्का, समाजका जनसम्पर्क अधिकारी सुरेन्द्र रेग्मी लगायतका बक्ताहरुले विद्यालय संचालनको विविध पक्षमा प्रकाश पारेका थिए । भेलामा विद्यालयकी प्राचार्य लक्ष्मी प्राचार्य सापकोटा र विद्यालय प्रशासक सुधा किरण सापकोटाबाट विद्यालयको प्रगति विवरण प्रस्तुत गरिएको थियो ।

बिद्यालयमा हाल १२० जना भन्दा बढि बिद्यार्थी अध्ययनरत रहेका छन् । गत बर्षबाट उमेर समुह अनुसार तिनबटा कक्षा संचालन हुदै आएको विद्यालयमा प्रत्येक शनिवार बिहान १०-१२.३० बजे सम्म स्थानिय सरकारी स्वामित्व रहेको एस्कट पार्क प्राइमेरी स्कुलमा संचालन हुने गरेको छ ।
 हरेक दुई दुई वर्षमा एडिलेड नेपाली विद्यालयको नेतृत्व चयन हुने प्रावधान अनुरुप अभिभावकहरुको भेलाले विद्यालयमा २०२४ को जनवरी देखि औपचारिक कार्यभार समाल्ने गरि विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र प्रशासक चयन गरिएको हो । 


 विगत केहि वर्षदेखि सोहि विद्यालयमा स्वयंसेवी शिक्षिकाका रुपमा कार्यरत, २०२१-२०२३ को एनआरएनए साउथ अष्ट्रलियाको सक्रिय सदस्य एवं नेपालमा रहदा पनि लायन्स क्लव लगायतका सामाजिक सस्थाहरुमा आबद्ध रहेकी  प्रधानाध्यापक  एलिजा ढकाल एडिलेडका प्राय सामाजिक तथा कल्याणकारी कार्यहरुमा सक्रिय रहदै आएकी छन् ।  त्यसैगरी  University of South Australia बाट "Building the Transformational Power of Water and Food Systems Collaboration" विषयमा पिएचडी गरिरहेकी सह- प्रधानाध्यापक रन्जिता सापकोटा  दिगो विकास कार्यक्रमसंग संबन्धित रहि विगत एक दशकदेखि विभिन्न क्षेत्रमा कार्यरत अनुभवि व्यक्तित्वको रुपमा परिचित छिन् । सापकोटा दर्जनौ गैर नाफामुलक संस्थाहरुमा स्वयंसेवा गरिसकेकी सापकोटा व्यावसायीक जिवनका साथसाथै शिक्षण सिकाई क्रियाकलापहरुमा पनि उत्तिकै सक्रिय रहदै आएकी छिन् ।  विद्यालय प्रशासकको भूमिकामा आएका सन्दिप बस्नेत पेशाले मानसिक स्वास्थ्यका क्षेत्रमा नर्स तथा Flinders University मा Academic Tutor का रुपमा कार्य गर्दै आएका छन् ।  नेपाल देखिनै बिभिन्न सामाजिक संस्थाहरुमा आबद्द रहि समाजसेवालाई आफ्नो जिवनको एक भाग बनाएका बस्नेत  जिम्मेवार र नेतृत्वदायी भुमिकाका लागि परिचित छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्