SSI SSI
SSI SSI

थकाली सेवा समितिको अध्यक्षमा दुर्गा गौचन 


सिड्नी ।   थकाली सेवा समितिको यहि डिसेम्बर ३ तारिख आइतबार सम्पन्न साधारण सभाले  दुर्गा गौचनलाई सर्बसम्मत पुन अध्यक्षमा चयन गरेको छ ।   सिड्नीको रक्डेल स्थित  एभरेष्ट तंदूरी फंशन सेन्टरमा सम्पन्न सुक्त नबौ साधारण सभाले सस्थाको उपाध्यक्ष द्वयमा  भरत शेरचन र ओम गौचनलाई चयन गरेको छ ।  त्यसैगरी  सचिवमा सुबास गौचन ,कोषाध्यक्षमा  सुरेश शेरचनलाई चयन गरिएको छ भने सदस्यहरुमा  बुद्ध भट्टचन,अजुमी गौचन, बसन्त गौचन,अग्नि शेरचन,एरिना शेरचन र हिक्मत रहेका छन् । सस्थाका नवनिर्बाचित सचिव द्वारा जारी प्रेस बिज्ञप्तीका अनुसार सस्थाको सल्लाहकारहरुमा पूर्व अध्यक्षहरु  दीपक शेरच, नारायण भट्टचन र  कुमार तुलाचनलाई चयन गरिएको छ । 


सन् २००३ मा स्थापित यो समितिले नेपाल तथा अष्ट्रेलियामा नेपाली समाज को लागि विभिन्न सामाजिक तथा कल्याणकारी कार्यहरुको अतिरिक्त खेलकुदका कार्यक्रमहरु गर्दै आएको छ । नया कार्य समिति चयनका लागी सस्थाको बिधान अनुसार   नारायण भट्टचन,  कुमार तुलाचन र  ध्वजेन्द्र गौचन सम्मिलित निर्वाचन कमिटी गठन गरिएको थियो ।  


साधारण सभामा  निबर्तमान सचिव रबिन शेरचनले  तिन बर्ष भित्र भएका सस्थाको गतिबिधि प्रस्तुत गरेका थिए भने  कोषाध्यक्ष सुरेश शेरचनले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।  नव निर्बाचित अध्यक्ष दुर्गा गौचनले  कार्यसमिति लाई बधाई तथा धन्यवाद ज्ञयापन गर्दै आफ्नो भाषा र संस्कृतिको जगेर्नाका साथै एकिकृत थकाली परियोजना लाई शसक्त रुपमा अगाडी बढाउन आफ्नो कार्यसमिति सक्रिय हुने बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर २१, २०८०  १६:२८
प्रतिक्रिया दिनुहोस्